साउन महिनामा सुरु भयो पञ्चक काल, भुलेर पनि नगर्नुहोस यस्ता कार्य!

यस बर्ष साउन महिनामा पञ्चक सुरु भएको छ । यस साउन महिनामा पञ्चक २५ जुलाई आइतबारदेखि शुरु भएर ३० जुलाई २०२१ मा समाप्त हुनेछ । आइतवारदेखि सुरु हुने पञ्चलाई रोग पञ्चक भनिन्छ। प्रत्यक पञ्चकको नाम कुन बारबाट शुरु भएको हुन्छ । तेही अनुसार नाम पनि फरक फरक हुनेगर्दछ ।

ज्योतिषशास्त्र अनुसार, चन्द्रमा ग्रहको धनिष्ट नक्षत्रको तेस्रो चरण र शताभिषा, पूर्वाभद्रपद, उत्तराभद्रपद र रेवती नक्षत्रको चार चरणहरूमा यात्रा अवधिलाई पञ्चक काल भनिन्छ। यस तरिकाले कुम्भ र मीन राशीमा चन्द्र ग्रहको आवागमनले पञ्चककालको जम्न हुन्छ ।

रोग पञ्चकको प्रभाव

-यो विश्वास गरिन्छ कि आइतवारदेखि शुरु हुने पञ्चक ५ दिनसम्म लाग्ने गर्छ। यस अवधिमा जातकमा मानषिक तथा शारीरिक यातना जस्ता समस्या हुनसक्छ। यस समयमा स्वास्थ्यमा नराम्रो समस्या हुनसक्छ।

पञ्चकको अवधिमा गर्नु हुदैन यस्ता कार्य

-दाउरा बटल्नु र खरिद गर्नु हुदैन
यदि काठ किन्नु आवश्यक छ भने पञ्चक अवधिको अन्तमा गायत्री माताको नाममा हवन गर्नुहोस्।

-व्यवसाय गर्ने स्थानमा छात (छानो) हाल्नु हुदैन।
यदि घर तथा पसलमा छाना राख्नु आवश्यक छ भने, काम गर्ने सबैलाई मिठाइ खुवायर मात्र छत जडान गर्ने काम गर्नुपर्छ।

-शव जलाउनुहुदैन।
पञ्चक अवधिमा मृत शरीरको दाहसंस्कार गर्नु आवश्यक छ भने पाँचवटा छुट्टा-छुट्टै कुशको शव बनाएर जलाउनु पर्छ र मृत शरीरको दाहसंस्कार गर्दा।

-काठको पलंग र अन्य सामग्री बनाउनु हुदैन।
यस पञ्चक अवधिमा कुनै पलंग तथा टेबलहरु खरिद गरिएको छ, भने पञ्चक अवधिको समाप्ति पछि मात्र प्रयोग गर्नु होला।

-दक्षिण दिसाको यात्रा गर्नु हुदैन।
यस पञ्चक अवधिमा दक्षिण दिशाको भ्रमण गर्दै हुनुन्छ भने हनुमान मन्दिरमा लड्डु चढाएर मात्र यात्रा गर्नुहोला।

प्रकाशित : सोमबार, साउन ११, २०७८१०:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पितृदोषबाट मुक्त्ति पाउन यस साउन महिनामा अपनाउनुहोस् यस्ता उपाय!