मृत्युको मुखबाट फर्किएका थिए मनी हाइस्टका ‘प्रोफेसर’

एजेन्सी : स्पेनिश ड्रामा सिरिज मनी हाइस्ट(Money Heist) मा प्रोफेसरको भूमिका सबैभन्दा लोकप्रिय छ। यो भूमिका स्पेनिश एक्टर अल्वारो मोर्ते(Alvaro Morte) ले निभाएका हुन्। खासगरी यो सिरिज नै संसारभर चर्चित छ तर यसमा अल्वारो मोर्तेको भूमिकालाई दर्शकले खुबै मन पराएका छन्। के तपाईलाई थाहा छ अल्वारो मोर्ते क्यान्सर सर्भाइभर हुन् ? जब उनले आफूलाई क्यान्सर लागेको थाहा पाए तब उनलाई आफू धेरै नबाँच्ने सोचेका थिए। उनी लगभग मृत्युको मुखबाट फर्किएका थिए।

सन् २०११ मा अल्वारो मोर्तेले आफ्नो बायाँ खुट्टामा ट्युमर भएको थाहा पाए। जब उनलाई पहिलो पटक डाक्टरले क्यान्सरको बारेमा बताए तब उनलाई लागेको थियो कि उनको खुट्टा काटिनेछ। यी सबै कुराहरु सुनेर उनी निकै डराएका थिए। तर त्यस्तो केही भएन। अल्वारोको क्यान्सरको उपचार भयो र उनले आफ्नो दृढ इच्छाशक्तिले क्यान्सरलाई पराजित गरे। आफूलाई क्यान्सर लागेको थाहा पाएपछि अल्वारोले मनमा सोचिसकेका थिए कि अब आफू केही दिनको मात्र पाहुना हुँ। यो सबै कुरा अल्वारोले क्यान्सरलाई पराजित गरिसकेपछि एक अन्तर्वार्तामा बताएका थिए।

अल्वारो मोर्तेले सन् २००२ मा डेब्यु गरेका थिए। उनले अहिलेसम्म धेरै चलचित्रहरुमा काम गरिसके र सन् २०१७ मा उनी मनी हाइस्टमा काम गर्न लागे। मनी हाइस्टका अहिलेसम्म ४ सिजन आइसके। हरेक सिजन जबर्दस्त हिट भएको छ। सन् २०२० अप्रिल ३ मा यसको चौथो सिजन आएको थियो, जसमा ८ एपिसोड थियो। त्यस्तै अहिले फ्यान्स पाँचौं सिजनको व्यग्र प्रतीक्षामा छन्। जुन यहीँ वर्षको सेप्टेम्बर र डिसेम्बर महिनामा दुई पार्टमा रिलिज हुनेछ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्रीको शैलीमा भट्टराईको छोरी मानुषीले देखाइन् बेबी बम्प, हुदैछ चर्को आलोचना!