बलिउड अभिनेता रणवीर सिंह प्राय: उनको फ्यानहरुमाज चर्चामा आउने गरेका छन् । अहिले रणवीरको अतरंगी ड्रेशको कारण उनका फ्यानहरु अचम्ममा परेका छन् । रणवीर फिल्ममा जस्तै उनले लगाउने कपडामा पनि बिभिन्न अन्दाजमा देखिन्छन्। अहिले रणवीरको केहि तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तर रणवीर मान्छेहरु कुरा भन्दा पनि आफ्नै पोशाकमा बढी ध्यान दिन्छन् ।
रणवीर सिंग र गुच्ची बि-टाउन एक अर्कोलाइ मनपर्ने भएको छन् । केहि समय पहिले मुम्बई एयरपोर्ट रणवीर गुच्ची ब्रान्डको ट्रयाकमा देखिएको थिए । तेस समयमा ट्रयाक सँग एक चम्किलो हाफ स्विटर लगाएको थिए । उक्त्त स्विटरको मिल्य भारु १ लाख भन्दा बढी थियो ।
अहिले फेरे एकपटक रणवीर सबैलाई चकित पर्ने पोशाकमा देखिएका छन् । अहिले रणवीर ट्रयाक स्टाइलको रेट्रो लुकमा देखिएको छन् । यस पटक पनि रणवीरले गुच्ची ब्रान्डको जर्शी जिप ज्याकेट र जगिंग पाइन्ट लगाएको छन् । अहिले रणवीरको यस स्टाइललाइ फ्यानहरुले खुबै मनपराएका छन् । अहिले रणवीरको तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ । तस्बिर सेयर गर्दै रणवीर क्याप्सनमा लेख्छन्।’आफ्नो कुरा खिज्नुहोस् मैले गुच्चीलाइ रोजे।’
अहिले रणवीरले लगाएको ट्रयाकको मुल्य गुच्चीको वेबसाइडमा २,१०० युरो पर्दछ । यस पेशालाइ नेपालीमा कनवर्ट गर्ने हो भने नेपालि मूल्य लगभग २९०,००० पर्दछ।