राजेश हमालको त्यो ‘फन्डा’, जसले गर्दा उनले व्यापक आलोचना खेप्नुपर्यो

काठमाडौँ : अभिनेता राजेश हमाल प्रत्येक वर्ष आफ्नो जन्मदिनमा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र पुगेर केक काट्थे । त्यहाँ रहेकी अशक्त धर्मबहिनी मैना सूचिकारसँगै उनका साथीमाझ राजेशले जन्मदिन मनाउँदा हमालसँगै मैनाको समूह पनि खुसी हुन्थ्यो । मैनाको निधनपछि राजेशले घरमै जन्मदिन मनाउन थालेका छन्।

यो वर्षदेखि उमेरले ५७ मा टेकेका राजेशले यसपटक धरहरामा रहेका मजदुरसँग बसेर जन्मदिनको केक काटे । पत्नी मधु भट्टराईसहित धरहरा पुगेर मजदुरको तालीबीच जन्मदिन मनाए । धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरको हौसला बढाउन राजेशले त्यहीँ जन्मदिन मनाएपनि सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भयो।

विशेषतः ट्विटरका प्रयोगकर्ताले राजेशको जन्मदिन मनाउने शैलीको आलोचना गरे । केक काट्नुको उद्देश्य राम्रो भए पनि कोभिडका बेला भीडभाड गरेर स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको , निषेधाज्ञा उल्लङ्घन गरी जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो ।निषेधाज्ञाको समयमा धरहरा चढेर केक काट्नुलाई कतिपयले ‘फन्डा’ भन्दै त्यसको विरोध गरे तर हमालले यो विषयमा कुनै प्रतिक्रिया जनाएनन् । यो खबर युवामञ्च मासिक पत्रिकामा नेमिष गौतमले लेखेका हुन्।

प्रकाशित : शनिबार, साउन ०९, २०७८२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडको सोझी अभिनेत्री ताराले बिकिनीमा खुलेर देखाइन् यस्तो रुप, हेर्नुहोस् १० तस्बिर सहित!