एजेन्सी : बलिउड अभिनेता शाहिद कपूर पछिल्लो समय चर्चामा छन्। उनी बलिउडको टप एक्टर्समा पर्छन्। उनीसँगै उनकी पत्नी मीरा राजपूत पनि निकै लोकप्रिय छन्। उनी फिल्म क्षेत्रमा सक्रिय नभए पनि सामाजिक सञ्जालमा उनको राम्रो फ्यान फलोइङ छ। उनको इन्स्टाग्राममा २.७ मिलियन भन्दा बढी फलोअर्स छन्।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र आफ्नो फोटो तथा भिडियोहरु शेयर गरिरहन्छिन्। उनी आफ्नो व्यक्तिगत जीवनका हरेक घटनाहरुबारे पनि सामाजिक सञ्जालमा शेयर गर्छिन्। अहिले उनको एक तस्बिर भाइरल भईरहेको छ, जुन देखेर अधिकांस अचम्मित भएका छन्।
यी तस्बिरहरु मीरा राजपूतले आफ्नो इन्स्टा स्टोरीमा शेयर गरेकी हुन्। तस्बिरमा मीराको लुक निकै बदलिएको देख्न सकिन्छ। उनको ओठ पहिल्यै भन्दा निकै मोटो देखिन्छ। उनको चिकबोन्स पनि उठेको देख्न सकिन्छ। जसले गर्दा फ्यान्सका मनमा सवाल उठिरहेको छ कि के उनले लिप सर्जरी गराएकी हुन् र ?
खासमा मीराको यो लुक रियल हैन। उनले एक स्न्यापच्याटमा रहेको एक लिप फिलर फिल्टर लगाएर यस लुकमा फोटो शेयर गरेकी हुन्। फोटो शेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘मैले आफ्नो लिप्सको लाइनिङ मात्र गरेकी हुँ, त्यसबाहेक अरु केही गरेकी छैन।’ त्यसपछि उनले लेखेकी छिन् – ‘म यो ग्वा शा दैनिक प्रयोग गरिरहेकी हुन्छु।’ उनको यो फोटो सोशल मिडियामा तीव्र गतिमा भाइरल भईरहेको छ।
मीरा राजपूत सामाजिक सञ्जालमा आफ्नो र पति शाहिद कपूरका रोमान्टिक तस्बिरहरु शेयर गरिरहन्छिन्। दुवैले ७ जुलाई सन् २०१५ मा विवाद गरेका थिए। मीरा र शाहिदबीच १३ वर्षको उमेर अन्तर छ, तैपनि एकअर्कालाई अपार प्रेम गर्छन्। उनीहरुले मागी विवाह गरेका हुन्।