आज साउन ९ गते देखि १५ गतेसम्मको साप्ताहिक राशिफल : कुन राशिलाई शुभ छ यो साता ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मध्यमखालको साता छ । खर्च त घट्ने छैन तर आयस्रोत पनि भएकाले खास समस्या पर्ने देखिन्न । व्यावसायिक कामबाट राम्रो उपलब्धि होला । परिवारबाट पनि पूरै सहयोग पाइनेछ । सुरुका दिनमा राम्रो लाभ होला भने पछिल्ला दुई दिन खर्च बढ्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यो सातालाई निकै राम्रो रूपमा लिन सकिन्छ । मनमा असलखालको भावना उत्पन्न भइरहला । केही गतिला कामसमेत तपाईंबाट सम्पन्न हुनेछन् । गरेको काममा सफलता नै छ । मित्रबाट पाइने सहयोगमा कुनै कमी देखिन्न । प्राविधिकखाले कामले प्रशस्त लाभ देला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका दुई दिन त्यति राम्रा छैनन् । अनेकौँ समस्या परेर मनमा चिन्ता थपिइरहला । आइतबार बेलुकीदेखि मात्र समस्यामा कमी आउन सक्छ । खर्च अति नै बढ्ला । जागिर वा काम गरेको ठाउँबाट आएको आय नगन्य रूपमा मात्रै देखिनेछ । शनिश्चरको सेवा गर्नुहोस् ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मनमा डर लागिरहनेछ । तर, डर लागेअनुसारको असफलता भने छैन । मित्रहरूको सहयोगले सामुन्ने आएका समस्यालाई हल गर्न सकिनेछ । व्यापार व्यवसायबाट हाल मध्यम लाभमात्रै होला । सोमबार र मङ्गलबार त्यति राम्रा छैनन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

खर्च बढेर जाला । स्वास्थ्यका लागि र पारिवारिक समस्या हल गर्नका लागि बढी खर्च हुन जाला । हाललाई प्राविधिकखाले कामबाट पनि मध्यम लाभमात्र छ । पढाइको क्षेत्रमा भने पहिलेको तुलनामा निकै सुधार हुँदै जाला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मध्यमखालको साता छ । आय एवम् व्यय बराबरखालका छन् । हातले समातेको इलमले राम्रै आर्जन गराउनेछ । जागिरतिर समेत हाल चिन्ता लिनुपर्ने स्थिति छैन । खर्चको मात्रा भने घट्नेक्रममा देखिन्न । यात्रा हुने सम्भावना पनि त्यत्तिकै टड्कारो छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सुरुका दिनमा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । खासगरी पेटमा गडबडी हुने सम्भावना छ । त्यसैले खानपान गर्दा सतर्क हुनुहोस् । सोमबारदेखि मात्र सुधार भएर आउला । आँटेका काम आंशिक रूपमा बन्नेछन् । प्राविधिकखाले कामबाट मनग्गै आम्दानी गर्नुहुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

समस्याको थुप्रो घटेर गए पनि अलि–अलि बाँकी नै रहनेछ । मद्दत गर्ने मित्रको सङ्ख्या त्यति देखिन्न । तर, पहिलेको अपेक्षामा सुधार नै भएर आएको छ । व्यापार व्यवसायबाट हुने आम्दानीमा अलिकति भए पनि वृद्धि भएर जाला । शिक्षाको क्षेत्रमा हाल राम्रो स्थिति छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कूटनीतिक क्षेत्रमा त्यति सफलता देखिन्न । हाललाई नेतृत्व शक्ति पनि साह्रै कमजोर भएर आएको छ । व्यापारसम्बन्धी कामबाट भने केही टेवा मिलिरहला । जागिरबाट भएको आयले मात्रै समस्या समाधान गर्न सकिने छैन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यात्राको क्रम अझै रोकिएको छैन । तर, फलदायी यात्रा भने हुने देखिन्न । समस्या धेरै आउनेछन् र त्यसलाई समाधान गर्दागर्दै समय बित्दै जाला । रिस गर्नेको सङ्ख्या निकै छ भने मद्दत गर्ने सीमितमात्र छन् । घरपरिवारबाट समेत हाल त्यति राम्रो सहयोग देखिन्न।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सुरुका दुई दिनमा बढी खर्च होला तर सोमबारदेखिका दिन राम्राखालका छन् । स्वास्थ्यस्थिति भने हाल त्यति राम्रो देखिन्न । आफ्नोमात्र नभएर परिवारको स्वास्थ्यले समेत चिन्ता देला । त्यसलाई निवारण गर्न देवीको दर्शन गर्नुहोस् । नोकरीतिर हाल मध्यम छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सामान्यखालको साता छ । आय र व्यय बराबरै किसिमको होला । पढाइ र लेखाइमा बढी समय जानेछ । परिवारमा भने सानो कुरामा पनि किचलो हुनेछ । प्रेमको क्षेत्रमा हाल सफलता देखिन्न । यात्रा फलदायी छैन । ११ र १२ गते बढी खर्च गराउनेखालका दिन छन् ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, साउन ०९, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिवको प्रिय महिना ‘साउन’ मा बन्दैछन् थुप्रै शुभ योग : यी ७ राशिलाई पाउनेछन् मनग्यै लाभ