शिवको प्रिय महिना ‘साउन’ मा बन्दैछन् थुप्रै शुभ योग : यी ७ राशिलाई पाउनेछन् मनग्यै लाभ

काठमाडौँ : हिन्दु धर्ममा साउन महिनाको धेरै महत्व छ। साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ। धार्मिक ग्रन्थ अनुसार साउनमा भगवान शिवको पूजा-अर्चनाको विशेष महत्व छ। साउन सोमबारमा व्रत बसे व्यक्तिको मनका हरेक मनोकामना पूरा हुन्छ। ज्योतिषाचार्य अनुसार यस पटक साउन महिनामा पर्ने हरेक सोमबारमा विशेष योग बनिरहेको छ। जसकारण सोदिन पूजा गर्दा या व्रत बस्दा भगवान शिवको कृपा प्राप्त हुन्छ। साउन ११ गतेको सोमबारमा सौभाग्य योग बन्नेछ। साउन १८ गतेको सोमबारमा सर्वार्थ सिद्धि योग बन्नेछ। साउन २५ गतेको सोमबारमा वरीयान योग बन्नेछ। त्यस्तै साउन ३२ गते सोमबार ब्रह्मयोग, यायिजय योग र सर्वार्थ सिद्धि योग बन्दै छ।

साउन महिना चतुर्मास आउँछ। यहीँ कारण यो महिना माङ्गलिक कार्य गर्न निषेध गरिन्छ। तर ज्योतिष अनुसार यो महिना अत्यन्तै शुभ मानिन्छ। ज्योतिष अनुसार साउनमा शनि र मंगल ग्रह वृश्चिक राशिमा गोचर गरिरहेको छ। गुरु र राहु सिंह राशिमा जबकि केतु कुम्भ राशिमा गोचर गरिरहेको छ।

यस बाहेक सूर्य, शुक्र र बुध कर्कट राशिमा गोचर गरिरहेको छ। साउन महिनामा वृष, कर्कट, कन्या, तुला, वृश्चिक, मकर र कुम्भ राशिलाई लाभ मिल्ने योग छ। यस ग्रह स्थिति अनुसार साउन महिनामा बाँकी राशिहरुमा कस्तो प्रभाव पर्ला त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यस राशिका जातकको लागि साउन महिना औसत रहनेछ। परिवारमा वादविवादको स्थिति सिर्जना हुन् सक्छ। सम्पत्तिसँग सम्बन्धित समस्याले पिरोल्न सक्छ। आफ्नो व्यवहारमा बदलाव ल्याउनुहोला। कसैसँग वादविवादमा नफस्नुहोला। वाणीमा नियन्त्रण गर्नुहोला। भगवान शिवको शक्तिशाली मन्त्र जप गर्दा लाभ मिल्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकका लागि यो महिना शुभ रहने वाला छ। यस अवधिमा पराक्रम र साहसमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नेछ। बीचैमा अट्किएका कार्य पूरा हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्ने योग छ। नियमित रुपमा भगवान शिवको पूजा गर्नुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यस राशिका जातकले सफलता प्राप्त गर्नको लागि धेरै मिहिनेत गर्नुपर्नेछ। कडा मेहनतले आर्थिक पक्ष मजबूत हुनेछ। समाजमा मान-सम्मान बढ्नेछ। हरेक सोमबार भगवान शिवको पूजा-अर्चना गर्दा लाभ प्राप्त हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यस राशिका जातकको साउन महिनामा आत्मविश्वास बढ्नेछ। समाजमा मन-सम्मान बढ्नुको साथै पद-प्रतिष्ठा प्राप्त हुनेछ। वादविवादबाट टाढै रहनुहोला। क्रोधमा काबू राख्नुहोला। वाणीमा नियन्त्रण गर्नुहोला। भगवान शिवको आराधना गर्दा जीवनमा सुख-समृद्धि प्राप्ति हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साउन महिनामा सिंह राशिका जातकको सङ्घर्ष बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्नुहोला। अन्यथा समस्याको सामना गर्नुपर्नेछ। लेनदेनबाट टाढै रहनुहोला। वैवाहिक जीवनमा माधुर्यता आउनेछ। शिव गायत्रीको पाठ गर्दा लाभ मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यस राशिका जातकका लागि यो महिना अत्यन्तै शुभ रहनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। यस राशिका जातकलाई धन लाभको योग छ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। ॐ नमः शिवाय मन्त्र जप गर्दा लाभ हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

करियरमा सफलता हासिल हुनेछ। शैक्षिक प्रतियोगिताका क्षेत्रमा सफलता मिल्नेछ। मान-सम्मान बढ्नेछ। पद-प्रतिष्ठा वृद्दि हुनेछ। आत्मविश्वास उच्च हुनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। भगवान शिवको मन्त्र जप गर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यस राशिका जातकका लागि यो महिना आध्यात्मिक दृष्टिले राम्रो रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। समाजमा मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कडा मेहनत गरे सफलता हात लाग्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यको ख्याल राख्न आवश्यक छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। भगवान शिवको पूजा गर्दा लाभ हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस राशिका जातकलाई साउन महिनामा आर्थिक लाभ हुन् सक्छ। वैवाहिक जीवन राम्रो रहनेछ। नयाँ व्यवसायमा हात हाल्नसक्नुहुन्छ। भगवान शिव र माता पार्वतीको पूजा गर्दा लाभ हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यस राशिका जातकका लागि यो महिना अत्यन्तै शुभ रहने वाला छ। यस अवधिमा प्रतियोगात्मक क्षेत्रमा सफलता पाउनुहुनेछ। रोकिएका कामहरु पूरा हुनेछन्। विरोधी परास्त हुनेछन्।  भाग्यको पूरा साथ मिल्नेछ। शिव गायती पाठ गर्दा लाभ हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यस राशिका जातक यस महिनामा ठुल्ठुला समस्याको हल खोज्न सफल हुनेछन्। आफ्नो वाणीमा नियन्त्रण गर्नुहोला। यस महिनामा तपाईले आफूलाई सकारात्मक विचारले भरिएको महसुस गर्नुहुनेछ। भगवान शिवसहित शिव परिवारको पूजा गर्दा लाभ हुनेछ।

प्रकाशित : शनिबार, साउन ०९, २०७८१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि आइतबारको दैनिक राशिफल : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?