कृष्णपक्षको दिन बुध कर्कट राशिमा प्रवेश गर्ने : यी राशि जातक १५ दिनसम्म रहनुस् सावधान

काठमाडौँ : बुधलाई बौद्धिक शक्तिको कारक मानिन्छ। व्यक्तिको वाणी र कौशल नियन्त्रण गर्ने काम बुधले नै गर्छ। बुध वायु तत्वको आफ्नो स्वराशि मिथुनबाट निक्लिएर जल तत्व कर्कट राशिमा प्रवेश गर्दै छ। बुधको यो गोचर १० गते आइतबार श्रावण कृष्णपक्षको दिन बिहान ११:४६ बजे हुनेछ। यो राशिमा साउन २५ गतेसम्म बसेपछि बुध सिंह राशिमा प्रवेश गर्नेछ। बुधको यस गोचरले कुन-कुन राशिलाई लाभ मिल्नेछ र कुन राशिका जातक आउँदो १५ दिनसम्म सावधान रहनुपर्छ त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातकको लागि यो गोचर सामान्य रहनेछ। शिक्षाको क्षेत्रसँग जोडिएका मानिसहरुका लागि यो गोचर अत्यन्तै राम्रो रहनेछ। यस गोचरको प्रभावले तपाईको तार्किक क्षमता राम्रो हुनेछ र विषयप्रतिको तपाईको बुझाई अझ उत्कृष्ट हुनेछ। यस राशिका मानिस जो विद्यार्थी प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका छन्, तिनीहरुलाई पनि यस गोचरबाट लाभ मिल्ने वाला छ। माताको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। घरका केही सदस्यासँग तपाईको वैचारिक मतभेद पनि हुन् सक्छ। नोकरी पेशा बदलावको योग बनिरहेको छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यो गोचर विक्रेता, पत्रकार, रिपोर्टर, लेखक, वकिल, शिक्षक र परामर्शदाताका लागि अनुकूल हुनेछ। तपाईको विनम्र स्वभावले तपाईको आसपासका मानिसहरु आकर्षित हुनेछन्। यो समय ती छात्रछात्राका लागि पनि अनुकूल हुनेछ जो विदेशमा उच्च शिक्षा प्राप्त गर्ने इच्छा राख्छन्। यद्यपि यस अवधिमा तपाईले केही मानसिक तनाव झेल्नुपर्नेछ। कारोबार गर्नेहरुका लागि समय लाभदायक छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यस गोचरको प्रभावले तपाईले आर्थिक रुपले केही समस्या झेल्नुपर्नेछ। यद्यपि आफ्नो वाणी र लेखन मार्फत आफ्नो स्थिति सुधार्न सक्नुहुन्छ। यस अवधिमा तपाईलाई आफ्नो ससुराली पक्षबाट लाभ प्राप्त हुन् सक्छ। आफ्नो कामलाई सही तरिकाले पूरा गर्न हरदम प्रयास गर्नुहोला। यस अवधिमा केही अवधिमा केही नोकरी पेशामा आबद्द जातकले विदेश यात्राको योजना पनि बनाउन सक्छन्। व्यवसायी आफ्नो काममा अझ नवीनता ल्याउने प्रयास गर्नेछन्। पिताको स्वास्थ्यको ख्याल गर्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यवसायमा आबद्द मानिसहरुका लागि यो गोचर अत्यन्तै अनुकूल रहने वाला छ। तपाईको तागत अझ बढ्नेछ। तपाईले आफ्नो कार्यस्थलमा धेरै राम्रो प्रदर्शन गर्नुहुनेछ, जसले गर्दा तपाईले वरिष्ठ अधिकारीबाट प्रशंसा पाउनुहुनेछ। तपाईले समाजमा सम्मान पनि प्राप्त गर्नुहुनेछ। विदेश यात्राको पनि राम्रो अवसर बन्नेछ। तपाई आर्थिक रुपले सावधान रहनुपर्नेछ किनकी तपाईले यस अवधिमा बिनाकारण धेरै खर्च गर्नुहुनेछ। व्यापार गर्दा सावधानी अपनाउनुहोला। यस समयमा तपाईले कुनै खास व्यक्तिबाट धोका पाउनुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो गोचर तपाईको लागि खासै राम्रो छैन। यस अवधिमा धेरै खर्च हुनेछ। यहीँ कारण तपाई आर्थिक रुपले केही अस्थिर हुनुहुनेछ। लगातार धन खर्च हुँदा तनाव बढ्नेछ। यो समय तपाईको लागि धेरै चुनौतीपूर्ण हुनेछ। तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। आफ्नो दिनचर्यामा योग र ध्यानलाई सामेल गराउनुहोला। तपाईको विरोधीहरु सक्रिय हुनेछन्। यसकारण तिनीहरुबाट सावधान रहनुहोला। आफ्नो आत्मविश्वास उच्च राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईको बुद्धिमत्ता र तार्किक सोच राम्रो रहनेछ, यसले तपाईको कार्यक्षेत्रमा मद्दत मिल्नेछ। यस अवधिमा कुनै पनि गलत काम गर्नबाट बच्नुहोला। कार्यक्षेत्रमा आफ्नो सहकर्मीबाट समर्थन मिल्नेछ। समाजमा मान-सम्मान प्राप्त हुनेछ। सन्तान सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

जागिरको सिलसिलामा विदेश यात्राको अवसर जुर्नेछ। अन्तर्राष्ट्रिय व्यापारबाट लाभ मिल्नेछ। अफिसमा हुने राजनीतिबाट टाढै रहनुहोला। पितासँगको सम्बन्ध सुध्रिनेछ। तपाई आफ्नो विरोधी माथि हाबी हुनुहुनेछ। समाजमा तपाईको मानसम्मान बढ्नेछ। तपाईलाई आफन्त र साथीको सहयोग मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो गोचर तपाईको लागि भाग्यशाली रहनेछ। आफ्नो किस्मत र भाग्यको मद्दतले तपाईलाई धन प्राप्त हुनेछ। पैतृक सम्पत्तिबाट पनि लाभ प्राप्त गर्नुहुनेछ। जीवनप्रति तपाईको दृष्टिकोण सकारात्मक हुनेछ। अनावश्यक चीजमा समय बर्बाद नगर्नुहोला। तपाई जे गर्नुहुन्छ त्यसप्रति तपाई दृढ सङ्कल्प हुनुहुनेछ। आफ्नो धारणा कसैमाथि थोपर्ने कोसिस नगर्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो गोचर तपाईको लागि प्रतिकूल रहनेछ। जागिर गर्ने जातकले केही चुनौतीहरुका सामना गर्नुपर्नेछ। व्यापार-व्यवसायमा संलग्न जातकले केही नोक्सानी ब्होर्नुपर्नेछ। धन सञ्चयको लागि कडा मेहनत गर्नुपर्नेछ। पैतृक सम्पत्तिबाट लाभ हुनेछ। नोकरी गर्नेहरुलाई लाभ प्राप्त हुनेछ। यस समयमा तपाईको दिमागले धेरै तेज गतिले काम गर्नेछ। भौतिक चीजप्रति तपाईको झुकाव महसुस गर्नुहुनेछ। जीवनसाथीसँग सानोतिनो मनमुटाव हुन् सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस गोचरको अवधिमा तपाईलाई सतर्क रहन सल्लाह दिईन्छ। जीवनसाथीसँग झगडाले उग्र रुप लिन सक्छ। एक-अर्कालाई बुझ्नको लागि एकसाथ समय बिताउनुहोला। यसले तपाईको सम्बन्ध मजबूत हुनेछ। यस राशिका जातक जो साझेदारीमा व्यापार गरिरहेका छन् तिनीहरु यस अवधिमा सावधान रहनुहोला। वकालती पेशामा आबद्दहरुका लागि यो समय राम्रो हुनेछ। तपाई आफ्नो कुरा साबित गर्नमा सफल हुनुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यस अवधिमा तपाईको लेखन कौशल राम्रो हुनेछ। अध्ययन गरिरहेका छात्राले आफ्नो पढाईमा केही बाधाहरुका सामना गर्नुपर्नेछ। यस अवधिमा आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला। जीवनमा केही परिवर्तन आउन सक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

बुध ग्रहको यो स्थितिले यस राशिका जातकलाई मिश्रित परिणाम ल्याउनेछ। नोकरी या व्यवसाय गरिरहेकाहरुका लागि यो समय सामान्य भन्दा राम्रो समय हुनेछ। यद्यपि तपाईले कार्यक्षेत्रमा शान्त रबैया कायम राख्नुहोला। तपाईले आफ्नो पारिवारिक जीवनलाई अझ राम्रो ढंगले प्रबन्ध गर्नुहुनेछ। प्रेम सम्बन्धमा रहेका जातकको लागि समय अनुकूल छ। धार्मिक या आध्यात्मिक कार्यतर्फ तपाईको झुकाव बढ्नेछ।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन महिनामा आजैबाट शुरु गर्नुहोस् शिवका यस्ता उपासना, पाउनु हुनेछ ऋणबाट मुक्ति!