हास्य टेलिशृंखला सक्किगोनी की रक्षा देखिदै छिन् यस भाग बाट!

हास्य टेलीटेलिशृंखला सक्किगोनी लामो समय देखि सबैलाई मनोरंजन दिदै आएको छ । यस टेलिशृंखला सक्किगोनिको सक्रिय पात्र रक्षा केहिसमय देखि देखिएको थिइनन् । अब आजको भाग बाट रक्षाको आगमन हुने भएको छ ।

पछिल्लो समयको चर्चित हास्य टेलीटेलिशृंखला सक्कीगोनी बाट चर्चामा आएकी पात्र रक्षा सबैले मनपराएको पात्र हो तर लामो समय देखि रक्षा उनको गर्भावस्थाको कारण उनि सक्किगोनीमा देखिएको थिइन् ।

आज भन्दा करिब साढे दुइ महिना पानीले उनले छोरीलाइ जन्म दिएको छिन् । अब भने रक्षा सक्किगोनीमा देखिने भएको छिन् । पहिले नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको सक्किगोनी पछिल्लो समय हिमालयन टेलिभिजन बाट हरेक बिहिबार राति ८ बजे प्रसारण हुने गरेको छ।

अहिले सम्म सक्किगोनीमा रक्षाको रोलालाइ रक्षा अस्ट्रेलिया गएको भनिएको छ । आज राति प्रसारण हुने भाग बाट रक्षाको उपस्थीती हुनेछ । लामो समय देखि रक्षाको उपस्थितिको लागि उनको फ्यान निकै आतुर भएको पाउन सकिन्छ।

केहि दिन पहिले रक्षा र कुमार कट्टेल (जिग्री ) को म्युजिक भिडियो आएको थियो । उक्त्त भिडियोल दर्शकले निकै मन पराएका थिए ।

तस्बिर स्रोत: रक्षा श्रेष्ठ इन्स्टाग्राम

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाबुराम भट्टराईले गरे प्रियंकाको क्रियाकलापको प्रशंसा, दिए यस्तो सुझाव!