नेपालको १५ वोटा बैंकको सिस्टम ह्याक गर्ने भन्दै आयो इमेल र फोन!

नेपालको १५ वोटा बैंकको सिस्टम ह्याक गर्ने चतावनी दिदै बैंक सस्थाका उच्च अधिकारीलाइ अपरिचित नम्बर बाट आयो इमेल र फोन।

नेपाल रास्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाइ बिहिबार बिहान नेपालको राष्ट्र बैंकसहित नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी एक अमेरिकी नम्बरको फोन मार्फत धम्कि आएको छ । अंग्रेजी भाषामा तेस व्यक्तिले प्रवक्ता ढकाललाइ फोन मार्फत राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ अचानक फोन काटेका थिए।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । यस इमेल पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनी समेत दिइएको छ

प्रवक्ता ढकाल भन्छन ‘यस खबर प्राप्त हुने बित्तकै हामी सबैजना सचेत भएका छौ ।’ तेसै समय बाट नै नेपालका सबै बैंकहरुलाई सचेत रहन र सबै बैंकको सिस्टम चेक गर्न आग्रह गरेका छौ । ह्याकरले फोनको साथै इमेल पनि गरेको छ । तर सबै बैंकको अनुसार कुनै पनि बैंकको सिस्टम अहिले सम्म समास्य नरहेको बताइएको छ ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रविन्द्र मिश्रको भनाइको खण्डन गर्दै बाबुराम भट्टराई भन्छन्, झिंगाको सरापले डिंगा मर्दैन!