केही कार्य गर्दै हुनुहुन्छ भने घरबाट निस्किनु अघि यसो गरे मिल्नेछ सफलता

एजेन्सी : जुनसुकै काम गर्नका लागि हरेक दिन शुभ रहन्छ । तर शास्त्र र ज्योतिष विज्ञान अनुसार कुनै पनि महत्वपूर्ण काममा जानुभन्दा पहिले शास्त्रको अनुसार काम गर्नाले फाइदाजनक हुन्छ । यदि तपाई पनि यी ४ दिनहरुमा कुनै शुभ-काम गर्न जाँदै हुनुहुन्छ भने पहिले यी कामहरु गर्नुहोस् ।

१. सोमवार घरबाट निस्किनुअघि आफ्नो अनुहार ऐनामा हेरेर जानुस्। यो दिनमा तपाई कुनै खास कामले घरबाट निस्किदै हुनुन्छ भने आमा-बुबाको आशीर्वाद लिनुहोस् जसले तपाइको काम सफल हुनेछ ।

२. बुधवारको दिन यदि तपाई कुनै काम शुरु गर्दै हुनुहुन्छ र यसै सिलसिलामा घरबाट निस्किदै हुनुहुन्छ भने निस्किनु अघि धनियाँको हरियो पात खाएर निस्किनुहोस् । यसो गर्दै तपाईको काम सफल हुनेछ ।

३. बिहिबारको दिन कुनै कामको लागि बाहिर जादै हुनुहुन्छ भने जानुअघि मुखमा तोरीको दाना राख्नुहोस् । यसो गर्नाले उक्त काममा सफलता मिल्ने सम्भावना बढ्ने छ ।

४. शनिबार कुनै पनि कामको शुरुवातको लागि शुभ मानिदैन । तापनि यहीँ दिन काम सुरु गर्न चाहनुहुन्छ भने घरबाट निस्किनु अघि अदुवा या घ्यु खाएर निस्कनु होस् । यसो गर्दा तपाईको काम सफल हुनेछ ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र एक लसुनको पोटिले ठुलो परिवर्तन हुनसक्छ तपाईको भाग्यमा, यसरी गर्नुहोस् प्रयोग