एजेन्सी : देसी गर्ल प्रियंका चोपडा अहिले ग्लोबल स्टार बनिसकिन्। प्रियंकाले लामो यात्रा तय गरेपछि बलिउडसहित हलिउडमा पनि आफ्नो अलग पहिचान बनाएकी छिन्। प्रियंकाको यो यात्रा हरकोहीँको लागि पनि उदाहरणीय बन्न सक्छ। प्रियंकालाई अहिले एक सफल व्यक्ति मानिन्छ, मानिसहरु उनलाई आफ्नो आदर्श र प्रेरणा मान्छन्।
अहिलेको सफल व्यक्तित्व प्रियंका चोपडाको करियरमा धेरैपटक उतारचढाव आए। सुपरहिट, ब्लकबस्टर फिल्म बाहेक प्रियंकाको नाममा थुप्रै फ्लप फिल्महरु पनि छन्। आज हामी तपाईलाई बताउँछौँ प्रियंकाका ती फ्लप फिल्महरुका बारेमा, जुन फिल्ममा काम गरेकोमा प्रियंका आफैँ पनि पछुतो मान्छिन्।
चम्कु(Chamku) : –
सन् २००८ मा रिलिज भएको फिल्म ‘चम्कु’ नराम्ररी फ्लप साबित भएको थियो। फिल्ममा प्रियंका चोपडाको अपोजिटमा बबी देओल लिड रोलमा थिए। मानिसहरुले यो कहिले हलमा लाग्यो भन्नेसमेत पत्तै पाएनन्।
प्यार इम्पोसिबल!(Pyaar Impossible!) : –
प्रियंका चोपडा र उदय चोपडाको फिल्म ‘प्यार इम्पोसिबल’ हेर्न दर्शकको लागि सम्भव भएन्। कहानीमा दम नहुनु र कमजोर स्क्रिनप्लेको कारण यो फिल्म चल्न सकेन् र बक्स अफिसमा उधो मुन्टो लाग्यो।
तेरी मेरी कहानी(Teri Meri Kahaani) : –
तेरी मेरी कहानीमा प्रियंकासँग शाहिद कपूर देखिएका थिए। त्यतिबेला शाहिद कपूर र प्रियंका डेट गरिरहेका थिए। फिल्मको कन्फ्युजिङ प्लट र चाखलाग्दो कहानी नभएको कारण फिल्मले फ्लप भयो। बक्स अफिसमा पनि फिल्मले खासै कमाल देखाउन सकेन। यो फिल्मलाई कुणाल कोहलीले निर्देशन गरेका थिए।
लभ स्टोरी २०५०(Love Story 2050) : –
सन् २००८ मा आएको प्रियंका चोपडा र उनको एक्स ब्वायफ्रेन्ड हरमन बावेजाको फिल्म लभ स्टोरी २०५० ले राम्रो चर्चा पाएको थियो। यो फिल्म टाइम ट्राभलमा आधारित थियो। फिल्म बनाउन धेरै पैसा खर्च गरिएको थियो। तर फिल्मलाई दर्शकले खासै मन पराएनन्। हरमना बावेजाको यो डेब्यु फिल्म थियो।
व्हाट्स योर राशि?(What’s Your Raashee?) : –
प्रियंका चोपडा र हरमन बावेजाले एक अर्को फिल्ममा एक साथ काम गरेका थिए। फिल्मको नाम थियो ‘व्हाट्स योर राशि?’ । प्रियंका र हरमनले सँगै काम गरेको यो दोस्रो फिल्म थियो, तर दुवै फ्लप भए। यसमा प्रियंकाले १२ अलग-अलग भूमिका निभाएका थिए। फिल्मले तहल्का मच्चाउने आशा गरिएको थियो तर दर्शकले फिल्मलाई खासै मन पराएनन्। यो फिल्म फ्लप भएसँगै प्रियंका-हरमनको सम्बन्ध पनि टुट्यो।
द्रोणा(Drona) : –
फिल्म द्रोणामा प्रियंका चोपडा अभिषेक बच्चनसँग देखिएकी थिईन्। यो सुपरहिरो फिल्म सुपरफ्लप भएको थियो। ४५ करोडको बजेटमा बनेको यो फिल्मले जम्माजम्मी १५ करोड मात्र आम्दानी गर्यो।
किस्मत(Kismat) : –
फिल्म किस्मतमा प्रियंका चोपडा एक पटक फेरी पनि बबी देओलसँग देखा परेकी थिईन्। यसमा कबीर बेदी पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए। फिल्मलाई गुड्डु धनोआले निर्देशन गरेका थिए। यो फिल्म पनि नराम्ररी फ्लप भएको थियो।