सलमान खानको ‘तेरे नाम’ मा सोझी देखिने भूमिका चावलाको यस्तो अपत्यारिलो रुप

एजेन्सी : बलिउडमा आफ्नो पहिलो फिल्म ‘तेरे नाम(Tere Naam)’ बाट रातारात बनेकी अभिनेत्री भूमिका चावला(Bhoomika Chawla) लामो समयदेखि हिन्दी सिनेमा जगतदेखि टाढा छिन्।

एक समय सलमान खान(Salman Khan) सँग रोमान्स गरी हिट भएकी भूमिकाको निर्दोष अनुहार अहिले पनि मानिसहरुका दिलमा बास बसिरहेको छ। तर पहिलेकी सोझी भूमिकामा धेरै परिवर्तन आइसकेको छ। हेर्नुहोस् उनका ताजा तस्बिरहरु…

सन् २००३ मा बनेको फिल्म ‘तेरे नाम’ बाट भूमिका चावला(Bhoomika Chawla) ले हिन्दी सिनेमा जगतमा कदम राखेकी थिईन्।

‘तेरे नाम’ सलमान खानको करियरको लागि सञ्जीवनी मानिन्छ। तर यो फिल्मको लिड एक्ट्रेस भएको कुनै पनि फाइदा भूमिकाले पाइनन्।

भूमिकाले ‘तेरे नाम’ बाहेक फिल्म ‘रन’, ‘दिल ने जिसे अपना कहा’, ‘सिलसिले’, ‘गान्धी माई फादर’, ‘दिल जो भी कहे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरेकी छिन्।

भूमिकाले फिल्म ‘युवाकुडु’ बाट आफ्नो साउथ करियर सुरुवात गरेकी थिईन्। फिल्म हिट भयो र यहीँ फिल्मको लागि भूमिकाले पहिलो पटक सर्वश्रेष्ठ अभिनेत्रीको तेलुगू फिल्मफेयर अवार्ड पाइन्।

भूमिका चावलाको जन्म सन् १९७८ अगस्ट २१ मा भएको थियो।

४ वर्षसम्म प्रेमी भरत ठाकुरसँग प्रेम सम्बन्धमा रहेपछि दुवैले सन् २००७ मा विवाह गरे र सन् २०१४ मा उनलाई पुत्रलाभ भयो।

भूमिका लामोसमयदेखि बलिउडबाट गायब भएकी छिन् तर उनी अहिले तमिल तथा तेलुगु फिल्महरुमा देखिँदै आएकी छिन्।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिरको छोरीले उनको प्रेमीको बनाइन् यस्तो हालत भन्दै छिन् ‘नाटकी’ आखिर के भयो?