आगामी जुलाई २० बाट मंगल ग्रह सिंह राशिमा गोचर हुदै, यी राशिलाइ हुदैछ कष्ट!

मंगल ग्रह आगामी २० जुलाई बाट सिंह राशिमा गोचर हुदैछ। मंगल यस राशिमा ६ सेप्टम्बर सम्म रहनेछ । ज्योतिष शास्त्र सनुसार सबै ग्रहको आफनै-आफ्नै स्वभाव र अलग अलग कारक तत्वो हुने गर्दछ । वैदिक ज्योतिषमा मंगल ग्रहलाई सबैग्रहको सेनापति ग्रह मानिन्छ । साथै मंगल गृहलाई भुमी पुत्र पनि भनिन्छ । मंगल गृहलाई भुमी पुत्र, रातो रगत, सैन्य शक्ति र क्रोधको कारक तत्व मानिन्छ । ज्योतिष शास्त्रमा यस्तो मानिन्छ। जातकको कुण्डलीमा मंगल ग्रह शुभ भावमा हुन्छ भने त्यस्ता व्यक्तिहरू धेरै बौद्धिक, प्रतिभावान र जोस जागर भएको हुन्छन्। ज्योतिष सास्त्रमा मंगललाइ मेष र वृश्चिक राशिको स्वामी मानिन्छ । मंगल ग्रह कर्कट राशिमा नीच र मकर राशिमा उच्च हुन्छ । सिंह राशिम मंगलको गोचरले ४ राशिलाइ बिभिन्न समस्याको सामना गर्नपर्ने हुनसक्छ । ति चार राशि यस प्रकारछन्।

मेष राशि
मंगल सिंह राशिमा आउनाले मंगल राशि भएका जातकको लागि केहि समस्याको सामना गर्नपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सवारी साधनको उपभोग गर्दा बिशेस ध्यान दिनुहोला। अन्यथा चोटपटक लाग्ने सम्भावना रहेको छ । आर्थिक स्थिति कम्जोर हुनसक्छ।

कर्कट राशि
कर्कट राशि भएको जातकको लागि यस समयमा सावधानी पुर्वक अघि बढ्नु उचित हुनेछ । यस समयमा जातकले आफ्नो बोलीमा बिशेस सावधानी अपनाउनु पर्ने हुन्छ । अन्यथा वादविवादमा फस्न सकिन्छ । आफ्नो रिशलाइ नियन्त्रणमा राख्नु होला । धनको बचत गर्नुहोला अन्यथा तपाईलाई कठिन परिस्थितिको सामना गर्नपर्ने हुनसक्छ। आफन्त तथा परिवार सँग कलह हुनसक्छ ।

सिंह राशि
तपाइलाइ यस समयमा अधिक रिस उठ्नसक्छ । साना-साना कुरामा पनि झगडा हुन सक्छ । यस समयमा तपाइको स्वभावमा अहंकार पैदा हुनसक्छ। जीवनसाथि सँग मनमुटाव तथा झगडा हुनसक्छ। तपाइको स्वास्थ्य केहि कमजोर हुनसक्छ। स्वास्थ्यको बिशेस ध्यान दुनुहोला ।

धनु राशि
धनु राशिको जातकको लागि यस मंगलको गोचर स्वास्थ्यको लागि निकै कस्टकर हुन सक्छ । यस अवधिमा तपाइले आफ्नी स्वास्थ्यको बिशेस ध्यान दिनुहोला । नोकरी तथा व्यापारमा तपाइको सामान्य लाभ हुनेछ । यस अवधिमा तपाको सामान्य फलदाहिको योग बनेको छ ।

 

प्रकाशित : बुधबार, असार ३०, २०७८११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस राशिका मानिस हुन्छन् सबैभन्दा बढी महत्वाकांक्षी