यस राशिका मानिस हुन्छन् सबैभन्दा बढी महत्वाकांक्षी

काठमाडौँ : करियर ओरिन्टेड, कार्यप्रति समर्पित र महत्वाकांक्षी हुनु एक यस्तो गुण हो जुन एकदमै कम मानिसमा हुन्छ। कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गर्दा र कडा मेहनत गर्दा तपाईलाई आफ्नो लक्ष्य प्राप्त गर्नमा मद्दत गर्नुका साथै तपाईलाई यस प्रक्रियामा एक उत्कृष्ट र विनम्र व्यक्ति पनि बनाउन सक्छ। यदि तपाईभित्र पनि यस्तै लक्षण छ, जसले महत्वाकांक्षा र समृद्धिलाई दर्शाउँछ र तपाई यसबारेमा जान्न चाहनुहुन्छ। ज्योतिस शास्त्र अनुसार कुन राशिका व्यक्ति सबैभन्दा बढी महत्वाकांक्षी हुन्छन् र कुन राशिका व्यक्ति कम महत्वाकांक्षी हुन्छन् त ?

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : यस राशिका जातक सबैभन्दा बढी महत्वाकांक्षी हुन्छन्। सिंह राशिका जातक आफ्नो शक्ति प्रयोग गरी आफ्नो लक्ष्य प्राप्त गर्ने प्रयास गर्छन्। यिनीहरु आफूलाई सबैभन्दा बेस्ट साबित गर्ने इच्छा राख्छन्। यहीँ कुराले यिनलाई सबैभन्दा बढी महत्वाकांक्षी बनाउँछ। यिनीहरु आफ्नो लक्ष्यसम्म पुग्ने बारे धेरै आश्वस्त र निर्णायक हुन्छन्। यसबाहेक सिंह राशिका जातक स्वभावले दयालु र सहयोगी हुन्छन्, जसले यिनलाई आदर्श व्यक्ति बनाउँछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : यस राशिका जातक आफूले के चाहन्छन् भन्नेबारे स्पष्ट हुन्छन्। यिनीहरु ठुलो सपना देख्छन् र आफ्नो जीवनको लक्ष्य प्राप्त गर्ने मामिलामा धेरै महत्वाकांक्षी हुन्छन्। यिनीहरु एकदमै टफ रुटिन कायम राख्न मन पराउँछन्, जसले गर्दा यिनलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत मिल्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यस राशिका जातक आफ्नो लक्ष्य पूरा गर्नको लागि एकदमै जिद्दी किसिमका हुन्छन्। वृष राशिका मानिस आफ्नो जीवनको लक्ष्यबारे धेरै भावुक हुन्छन्। जब एकपटक यिनीहरु कुनै काम गर्नेबारे सोच्छन्, त्यसलाई कसैलाई पनि यिनीहरुलाई रोक्न सक्दैनन्। शान्तिपूर्वक र आरामदायक जीवन व्यतीत गर्ने इच्छाका कारण वृष राशिका जातकलाई कडा मेहनत गर्न प्रेरित गर्छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यस राशिका जातक रोमाञ्चक र सहज स्वभावका हुन्छन्। यिनको रोमाञ्चक व्यक्तित्वले यिनलाई यिनका महत्वाकांक्षाहरु पूरा गर्न सहयोग गर्छ। यस राशिका जातक अत्यन्तै मेहनती हुनुका साथै प्रतिस्पर्धी स्वभावका हुन्छन्। यसरी यिनीहरुलाई अझ कडा मेहनत गर्न प्रेरित गर्छ। यिनीहरु हार सामना गर्न बिल्कुलै मन पराउँदैनन्। यिनीहरु आफ्नो लक्ष्य पूरा गर्न कहिल्यै पछाडी हट्दैनन्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : यस राशिका जातक अत्यन्तै केन्द्रित र करियर ओरिन्टेड हुन्छन्। यिनीहरु आफ्नो कौशल र प्रतिभाबारे अवगत हुन्छन्, जसले यिनलाई आफ्नो लक्ष्य पूरा गर्न सहायता पुर्याउँछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : यस राशिका मानिस आफ्नो लक्ष्यप्रति रहस्यमय, वफादार र अत्यन्तै सतर्क हुन्छन्। यस राशिका जातक अत्यन्तै महत्वाकांक्षी स्वभावका हुन्छन्, जो पूर्ण रुपमा आफ्नो लक्ष्य र सपना पूरा गर्नमा केन्द्रित हुन्छ। यिनीहरु जोकोहीँलाई सजिलै विश्वास गर्दैनन्। यसकारण, यिनीहर बिना कुनै तनाव आफ्नो महत्वाकांक्षा प्राप्त गर्न चाहन्छन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : यस राशिका मानिस आफ्नो परिवार र निकट मानिसहरुका लागि कडा मेहनत गर्न मन पराउँछन्। यिनीहरु अत्यन्तै सहजतापूर्ण तरिकाले आफ्नो लक्ष्य पूरा गर्ने प्रयास गर्छन्। यिनीहरु आफ्नो दयालु र राम्रो स्वभावले आफ्नो प्रियजनलाई पनि कडा मेहनत गर्न प्रोत्साहित गर्छन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : यस राशिका मानिसह्हरु निकै रचनात्मक हुन्छन्। कुम्भ राशिका मानिस आफ्नो लक्ष्य पूरा गर्नको लागि कडा मेहनत गर्न मन पराउँछन्। यिनीहरुका महत्वाकांक्षा म्याटेरियलिस्टिक नभएर समाजमा सामाजिक प्रगतितर्फ झुकेको हुन्छ। यस राशिका जातक सधैँ शीर्ष स्थानमा बस्न मन पराउँछन्। यहीँ कुराले यिनलाई कडा मेहनत गर्न प्रेरित गर्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : यस राशिका मानिस पर्फेक्सनमा विश्वास राख्छन्। यिनीहरुमा आफ्नो लक्ष्य र महत्वाकांक्षा पूरा गर्ने तीव्र इच्छा हुन्छ। तर यिनको प्रयास यिनको इच्छासँग मेल खाँदैन्। यस राशिका मानिस थोरै लापरवाही स्वभावका हुन्छन्। यिनीहरु बिना मेहनत आफ्नो लक्ष्य प्राप्ति गर्ने इच्छा राख्छन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : यस राशिका जातक यस्तो सपना देख्छन्, जसलाई वास्तवमै पूरा गर्नको लागि कडा मेहनतको आवश्यकता पर्छ। तर यिनीहरु लक्ष्य पूरा गर्न मेहनत गर्न चाहदैनन्। यस राशिका मानिस महत्वाकांक्षी हुन्छन्, तर वास्तविकतामा केही गर्नुको सट्टा आफ्नो काल्पनिक दुनियाँमा रमाएर बस्छन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : यस राशिका जातक आफ्नो लक्ष्यप्रति समर्पित हुन्छन्। तर यिनीहरु आफ्नो महत्वाकांक्षा छिट्टै पूरा गर्न विश्वास राख्छन्। यस राशिका मानिस आफ्नो महत्वाकांक्षा पूरा गर्नको लागि आफूलाई तनावबाट टाढा राख्न मन पराउँछन्। यिनीहरु शान्त स्वभावका हुन्छन्। यिनीहरु कम महत्वाकांक्षी हुन्छन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : यस राशिका जातक कडा मेहनत गर्न कहिल्यै पछाडी हट्दैनन्। यस राशिका मानिस साहसी र स्वतन्त्र हुन्छन्। यिनीहरु नयाँ-नयाँ सम्बन्ध मन असाध्यै मन पराउँछन्। यिनीहरु शक्ति, धन र सफलताको अनुयायी हैनन्। यसकारण, यिनीहरु सबैभन्दा कम महत्वाकांक्षी राशिहरुमध्ये एक मानिन्छ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असार मसान्त : कुन राशिलाई कति शुभ रहला भोलिको दिन ? हेर्नुस् दैनिक राशिफल