२-३ पटक प्रेममा ‘फेल’ भए, मागी विवाह गरेर जीवनलाई ‘पास’ गराए यी बलिउड कलाकारले

एजेन्सी : आफूले प्रेम गरेको व्यक्तिसँग नै जीवन बिताउन हरेक प्रेम जोडीको इच्छा र चाहना हुने गर्छ। तर सबैको यो इच्छा भने पूरा हुन सक्दैन। विभिन्न कारण र परिस्थितिको कारण प्रेम-जोडी छुट्टिन बाध्य हुन्छन्।

यस्तै बलिउडमा पनि प्रेम सफल हुन नसकेका केही कलाकारहरु छन्। प्रेम जीवन असफल भएपछि मागी विवाह गरेर सफल जीवन बिताइरहेका बलिउड कलाकारहरु निम्न छन्।

माधुरी दीक्षित

बलिउडकी धेरै चर्चित नायिका माधुरी दीक्षित कुनै समयमा सञ्जय दत्तसँग गम्भीर प्रेममा थिइन्। तर सञ्जय जेल परेपछि माधुरीको प्रेम टुटेको थियो। माधुरीले सन् १९९९ मा एक भारत बाहिर बस्ने एनआरआईसँग विवाह गरेकी थिइन्। उक्त विवाह पनि मागी रहेको थियो।

शाहिद कपूर

शाहीद र करीनाको प्रेम बारे बलिउडमा कुनै समयमा धेरैनै चर्चा हुने गर्थ्यो। यो जोडी कुनै समयमा विवाह समेत गर्ने हल्ला चलेको थियो। तर चलचित्र ‘जब वी मेट’रिलिज भएसँगै यी दुईको सम्वन्ध टुटेको थियो। प्रियंकासँग समेत नाम जोडिएका शहिदले प्रेममा असफल भएपछि अन्त्यमा मागी विवाह गरेका थिए। शाहिदले दिल्ली निवासी मीरा राजपूतसँग मागी विवाह गरेका हुन्।

विवेक ओबराय

‘साथिया’ चलचित्रबाट बलिउडमा पाइला टेकेका विवेक ओबराय पनि प्रेममा असफल भएका थिए। विवेक र ऐश्वर्याको प्रेमले बलिउडमा ठूलै काण्ड मच्चाएको थियो। यी दुईको प्रेमसँग सलमान खानलाई पनि जोडेर धेरै घटना भए। ऐश्वर्याकै कारण सलमान र विवेक बीच झगडा भएको थियो। तर अन्त्यमा विवेक र ऐश्वर्याको सम्बन्ध टुट्न पुग्यो। प्रेममा असफल भएपछि विवेकले सन् २०१० सालमा प्रियंका अल्वासँग मागी विवाह गरेका थिए।

प्रकाशित : सोमबार, असार १४, २०७८१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब निर्देशकले प्रियंकालाई अन्ड:_र_वे-यर देखाउन माग गरे…सलमानले सम्हाले पूरा मामिला