जब निर्देशकले प्रियंकालाई अन्ड:_र_वे-यर देखाउन माग गरे…सलमानले सम्हाले पूरा मामिला

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले एक इन्टर्नेशनल स्टार बनिसकेकी छिन्। उनले बलिउड देखि हलिउडसम्म आफ्नो अलग पहिचान बनाईसकिन्। आफ्नो अभिनय कौशलताले लाखौँ-करौडौं मानिसहरुका दिलमा राज गर्न सफल भएकी छिन्। प्रियंकाले सन् २०१८ मा हलिउड सिङ्गर निक जोनाससँग विवाह गरिन्। विवाहपछि उनले आफ्नो अधिकांस समय अमेरिकामै बिताउन थालेकी छिन्। हालै उनले आफ्नो किताब ‘अनफिनिस्ड’ लन्च गरेकी थिईन्। यो किताबमा उनले आफ्नो निजी जिन्दगीका अनेक कुराहरु खुलासा गरेकी छिन्।

प्रियंकाले आफ्नो किताबमा एक चलचित्र निर्देशकले उनलैई रिविलिङ कपडा लगाउन भनेको कुरा लेखेकी छिन्।  त्यति मात्र नभई प्रियंकालाई निर्देशकले ‘अन्ड:_र-वेयर त देखिनुपर्छ, नत्र अडियन्स आउँदैनन्’ भनेको कुरा पनि उल्लेख गरेकी छिन्। त्यसपछि उनले आफूले त्यो प्रोजेक्ट छोडेको बताईन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक का:_मु+क गीत शूट हुन् लागेको थियो। गीतमा उनले एक-एक गरी आफ्नो कपडा हटाउनुपर्ने थियो। प्रियंकालाई त्यस्तो गर्न असहज लागिरहेको थियो। त्यहीं भएर उनले आफ्नो स्किन देखाउन चाहिनन् र बडी लेयर लगाउन चाहेको बताईन्। प्रियंकाको कुरा सुनेर निर्देशकले आफ्नो स्टाइलिस्टसँग कुरा गर्न भने। त्यसपछि प्रियंकाले निर्देशकले कसैसँग कुरा गर्दै गरेको सुनिन्। निर्देशक भन्दै थिए – ‘अ_न्ड:_र-वेय:र त देखिनुपरिहाल्यो, नत्र भने अडियन्स नै आउँदैनन्।’

निर्देशकको यस्तो कुरा सुनेर प्रियंकालाई रिसको पारो चढ्यो। त्यसपछि उनले तुरुन्तै उक्त प्रोजेक्ट छोड्ने निर्णय गरिन्। त्यतिबेला प्रियंका एक अर्को फिल्ममा पनि काम गरिरहेकी थिईन्। त्यो फिल्ममा उनको अपोजिटमा सलमान खान थिए। निर्देशक प्रियंकालाई भेट्न उनको फिल्म सेटमा पुगे। सुपरस्टार सलमान खानले प्रियंकाको मुखबाट सबै कुरा सुने र निर्देशकसँग कुरा गरे। त्यो कुरालाई सम्हाले।

प्रकाशित : शुक्रबार, असार १८, २०७८१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘चलचित्र मार्फत जे गर्नुहुँदैन भनेर पाठ पढाए, तर आफूले चाहिं त्यहीँ गरे…’