यो कस्तो दुश्मनी : अजय देवगन र कट्रिना कैफले अहिलेसम्म किन एकसाथ काम गरेनन् ?

एजेन्सी : अजय देवगन लामो समयदेखि बलिउडमा सक्रिय छन्। उनले अहिलेसम्म सयौं फिल्महरुमा काम गरिसके। नाम चलेका थुप्रै अभिनयहरुसँग पनि काम गरिसके। अर्कातिर अभिनेत्री कट्रिना कैफको कुरा गर्ने हो भने उनले पनि अहिलेसम्म ठुल्ठुला चर्चित बलिउड हस्तीहरुसँग काम गरिसकिन्। बलिउडका ठुल्ठुला स्टार्स उनीसँग रोमान्स गर्न लालायित हुन्छन्। तर कट्रिना र अजयले अहिलेसम्म हिरो-हिरोइनको रुपमा एउटा पनि फिल्ममा एक साथ काम गरेका छैनन्। आखिर किन एक-अर्कासँग काम गरेनन् यी दुईले ?

केहीका भनाई अनुसार अजय देवगनसँग कट्रिना फिल्म गर्न चाहदिनन्। तर यो एक अफवाह बाहेक अरु केही हैन। सिद्धार्थ मल्होत्रा जस्ता उदयमान हिरोसँग काम गर्ने कट्रिनाले अजय देवगन जस्तो स्टारसँग किन काम नगर्लिन् र।

अजय आफ्नो ‘जेन्टलमेन’ स्वभावको लागि परिचित छन्। अजयको बलिउडमा अहिलेसम्म कसैसँग पनि झगडा भएको छैन। झन् कट्रिनासँग कसरी हुन्थ्यो। यी दुईबीच कुनै विवाद छैन।

आउँदो फिल्म ‘सूर्यवंशी(Sooryavanshi)’ मा अजय पनि छन् र कट्रिना पनि छिन् तर फिल्मका हिरो अक्षय हुन्। अक्षय त बस रोहित शेट्टीसँग आफ्नो दोस्ती निभाउन दुई-चार मिनेटको लागि देखिन्छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रोहित शेट्टीले एक पटक अजय र कट्रिनालाई लिएर फिल्म बनाउन प्रयास गरेका थिए। फिल्म थियो ‘सिंघम’ । तर रोहितको प्रयास असफल हुन्।

प्रकाशित : शनिबार, असार १२, २०७८१३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनैबेला सलमानको बहिनीलाई २ वर्ष डेट गरे अहिले सलमानकै भाउजुलाई उडाए अर्जुन कपूरले