कुकुरको कारण फसादमा परिन् मलाइका अरोडा, ट्रोलर्सले भने नानाथरी

एजेन्सी : बलिउड कलाकार प्रायः ट्रोलर्सको निशानामा परिरहन्छन् । सेलिब्रेटीहरूले जे गरे पनि उनीहरूका फ्यानको सङ्ख्यामा उनीहरूलाई ट्रोल गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ । महाराष्ट्रमा हालका दिनमा कोभिडका कारण कफ्र्यु लगाइयो ।

जसकारण मानिसले घर बाहिर निस्कन पाएनन् । तर अभिनेत्री मलाइका अरोडा आफ्नो पाल्तु कुकुरलाई घुमाउनका लागि बाहिर निस्किएपछि उनी ट्रोलमा परिन् । उनी पाल्तु कुकुर केस्परलाई डुलाउनका लागि घर बाहिर निस्किएकी थिइन् ।

उनले कुकुर घुमाउँदै गरेको भिडियो पत्रकार योगेन शाहले सामाजिक सञ्जालमा सेयर गरेपछि उनी ट्रोलर्सको सिकार बनिन् । यो समयमा उनले अनुहारमा मास्क लगाएकी थिइन् । यो भिडियोमा कैयौँले प्रतिक्रिया दिँदै गाली गरे।

हालका दिनमा सामाजिक सञ्जालमा कैयौँ कलाकार निकै ट्रोल भइरहेका छन् । कोभिडकालमा कलाकार हरू छुट्टी मनाउन माल्दिभ्स जान थालेपछि यो कुरालाई कसैले मन पराएका छैनन् ।

प्रकाशित : बिहिबार, असार १०, २०७८१७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो कस्तो दुश्मनी : अजय देवगन र कट्रिना कैफले अहिलेसम्म किन एकसाथ काम गरेनन् ?