एजेन्सी : बलिउड इन्डस्ट्रीबाट प्राय: केही न केही तथ्यहरु सार्वजनिक भईरहन्छन्। हालै अभिनेत्री सुरवीन चावलाले इन्डस्ट्रीको कालो सत्य उजागर गरिन्। सुरवीन चावलाले कास्टिङ काउचको बारेमा केही कुराहरु शेयर गरेकी छिन्, जुन सुनेर धेरैजसो मानिस छक्क परेका छन्।
अभिनेत्री सुरवीनले आफ्नो अनुभव सुनाएकी हुन्। सुरवीनको यस बयानले एकपटक फेरी पनि बलिउड सवालको कठघरामा खडा भएको छ र बलिउडमा महिला कलाकारहरुका सुरक्षा चिन्ताको विषय बनेको छ।
यो कुरा सन् २०१९ को हो, जतिबेला अभिनेत्री सुरवीन चावलाले एक अन्तर्वार्तामा कास्टिङ काउचबारे आफ्नो अनुभव शेयर गरिन्। सुरवीनले आफूले अहिलेसम्म तीन पटक कास्टिङ काउचको सामना गर्नुपरेको बताईन्। एक पटक उनलाई एक चलचित्र निर्माताले आफूसँगै जान आग्रह गरेका थिए। त्यस्तै एक रोलको लागि निर्देशकले उनको शरीरको अङ्गको हरेक इन्च जान्न चाहेको बताएका थिए। त्यतिबेला सुरवीनले ती कुरालाई बेवास्ता गरेकी थिईन्।
सुरवीनले बताईन् – ‘तिनी साउथका चर्चित निर्देशक थिए। तिनी राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भएका थिए। तिनको फिल्मको लागि लामो अडिसन हुन्थ्यो, जुन लगभग एक शिफ्टसम्म चल्थ्यो। त्यसदिन मेरो स्वास्थ्य अलि खराब थियो। त्यहीँ भएर अडिसन दिएर छिट्टै घर फर्के। त्यसपछि निर्देशकले मलाई मुम्बई आउन भने। तिनको कुरा सुनेर एकदम डर लाग्यो र मैले तिनको प्रस्ताव अस्वीकार गरे।’
कास्टिङ काउचको आफ्नो एक अर्को किस्सा शेयर गर्दै सुरवीनले भनिन् – ‘एक पटक अफिसबाट बाहिर निस्कनु परेको थियो। कसैले मलाई बाहिर निस्कन बाध्य पारेका थिए। एक फिल्म निर्माता मेरो क्ली:_वे-ज र तिघ्रा हेर्न चाहन्थे। इन्डस्ट्रीमा यस्ता कुराहरु वास्तवमै हुने गर्छन्।’