एजेन्सी : बलिउडको बादशाह मानिने शाहरुख खान संसारभर लोकप्रिय छन्। उनका फिल्महरुलाई असाध्यै मन पराइन्छ। फिल्म भन्दा बढी आफ्नो सेन्स अफ ह्युमरको कारण पनि परिचित छन्। कुनै पनि अन्तर्वार्ता या कार्यक्रममा शाहरुख खान आफ्नो हाजिरजवाफी शैलीले जोकोहीँलाई पनि अचम्मित पार्छन्। बलिउडको महानायक अमिताब बच्चनको बारेमा सोधिएको सवाल पनि आफ्नो सेन्स अफ ह्युमरको सहाराले टाल्न सक्छन् र प्रश्नकर्तालाई चुप पार्न सक्छन्।
सन् २००५ मा शाहरुख खान करण जोहरको फेमस शो ‘कफी विथ करण’ मा पुगेका थिए। उक्त च्याट शोको यो पहिलो सिजन थियो। यस शोमा शाहरुख खानसँग अमिताभ बच्चन पनि आएका थिए। शोमा शाहरुखले आफ्नो ह्युमरले करणको बोली बन्द गरेका थिए।
उनी आफ्नो फिल्म ‘मैं हूं ना’ को प्रचारप्रसारको लागि पुगेका थिए। त्यस्तै त्यतिबेला अमिताभ बच्चनको फिल्म ‘ब्ल्याक’ रिलिजको सङ्घारमा थियो। त्यतिबेला करण जोहरले शाहरुख र अमिताभ दुवैजनासँग र्यापिड फायर राउण्ड खेलेका थिए।
शाहरुख र अमिताभ बच्चनले हरेक प्रश्नको स्पष्ट रुपमा खुलेर जवाफ दिएका थिए। करण जोहरले अमिताभ बच्चनलाई तपाईसँग के कुरा छ जुन शाहरुख खानसँग छैन भनेर सोध्दा उनले आफ्नो हाइट बताएका थिए। अमिताभले शाहरुख खान जस्तो तीक्ष्ण बुद्धि आफ्नो नभएको पनि बताएका थिए।
त्यस्तै करण जोहरले शाहरुखलाई तपाईसँग त्यस्तो के छ जुन अमिताभ बच्चनसँग छैन भनेर सोध्दा उनले बडो मजेदार जवाफ दिएका थिए। उनले भने – ‘अग्ली बुढी’ । त्यसपछि शाहरुखले कास आफूसँग ‘कौन बनेगा करोडपति’ भएको भए हुन्थ्यो भनेर बताएका थिए।
वर्कफ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान अन्तिम पटक फिल्म ‘जिरो’ मा देखिएका थिए। यो फिल्ममा उनीसँग अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मा लिड रोलमा थिए। तर फिल्म बक्स अफिसमा फ्लप भयो। अब उनी छिट्टै फिल्म पठानमा देखिनेछिन्। यो फिल्ममा उनीसँग जोन अब्राहम र दीपिका पादुकोण पनि लिड रोलमा हुनेछन्।