४३ हजारको ब्ल्याक ड्रेस लगाएर मौनी रोयले देखाईन् आफ्नो लोभलाग्दो जवानी, तस्बिर हेर्नुस्

एजेन्सी : बलिउड अभिनेत्री मौनी रोय(Mouni Roy) ले टेलिभिजन क्षेत्रबाट आफ्नो एक्टिङ करियरको सुरुवात गरेकी थिईन्। उनले एकता कपूर(Ekta Kapoor) को सुपरहिट शो ‘नागिन’ बाट निकै लोकप्रियता हासिल गरेकी थिईन्। यस शोमा मौनीले प्रमुख भूमिका निभाएकी थिई न्।

त्यसपछि उनले बलिउडमा कदम राखिन् र अहिले उनी एक से एक बलिउड फिल्ममा अभिनय गर्दै छिन्। फिल्म बाहेक मौनी सामाजिक सञ्जालबाट पनि खुब चर्चा बटुल्छिन्। दैनिकजसो सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री मौनी तस्बिरहरु पोस्ट गरिरहन्छिन् र फ्यान्सका ध्यानाकर्षित गर्छिन्।

मौनी रोयका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन्। उनी आफ्नो ड्रेसिङ सेन्सको लागि पनि चिरपरिचित छिन्। ट्रेन्डी कपडामा आफ्नो लोभलाग्दो जवानीले सारा दुनियाँलाई नतमस्तक पार्छिन्। हालै उनले ब्ल्याक कलरको ड्रेसमा तस्बिर पोस्ट गरेकी छिन्। उनले यससँगै लाइट मेकअप पनि गरेकी छिन्।

तस्बिरमा मौनी निकै ह:ट देखिएकी छिन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार यस ड्रेसको मूल्य २७ हजार ४०० भारु(४३ हजार ८०० नेपाली रुपैयाँ) बताईएको छ।

उनको पोस्टमा अहिलेसम्म लाखौँ लाइक्स आइ सकेको छ। साथै फ्यान्सले उनको सुन्दरताको खुलेर तारिफ गरेका छन्। यहीँ ड्रेसमा उनले आफ्नो एक डान्स भिडियो पनि शेयर गरेकी छिन्। ब्ल्याक कलरको ड्रेस लगाई ‘जलेबी बेबी’ गीतमा डान्स गरेकी छिन्।

उनको भिडियो अहिलेसम्म २० लाख भन्दा बढी पटक हेरिसकिएको छ। यस बाहेक मौनीले आफ्नो ब्ल्याक एण्ड व्हाइट ड्रेसमा पनि केही तस्बिरहरु शेयर गरेकी छिन्। ती तस्बिरहरुमा उनी समुन्द्र किनारामा कुर्सीमा बसेको देख्न सकिन्छ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिनेछिन्। सञ्चारमाध्यमहरुका खबर अनुसार यस फिल्ममा उनको नकारात्मक भूमिका रहेको छ। यो फिल्ममा उनी बाहेक अमिताभ बच्चन, रणबीर कपूर, आलिया भट्ट र नागार्जुन अक्किनेनी प्रमुख भूमिकामा छन्।

प्रकाशित : बिहिबार, असार १०, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

त्यो चीज जुन शाहरुख खानसँग छ तर महानायक अमिताभ बच्चनसँग छैन