आयुष्मान खुराना आफ्नो नाममा यसकारण प्रयोग गर्छन् डबल ‘एन’ र डबल ‘आर’, यस्तो छ राज

एजेन्सी : बलिउड अभिनेता आयुष्मान खुराना (Ayushmann Khurrana) अहिलेको समयको चिरपरिचित नाम हो। छोटो समयमै उनले ठुलो उपलब्धी हासिल गरे। र उनी ती सबै उपलब्धीको श्रेय आफ्नो पिता पी. खुराना(P. Khurrana) लाई दिन्छन्।

आयुष्मान खुराना (Ayushmann Khurrana) का पिता एक ज्योतिष हुन् र आयुष्मान खुराना (Ayushmann Khurrana) सधैँ आफ्नो सफलताको श्रेय आफ्ना पितालाई दिन्छन्। पिताको मार्गनिर्देशन पाएर नै उनी अहिले सफलताको सिढी चढ्न सफल भएका हुन्। आयुष्मान खुराना (Ayushmann Khurrana) ले आफ्नो नामको पछाडीको राज बताएका छन्।

आयुष्मान खुरानाले उनको पिताको सङ्गीत, कविता, ललीत कलाप्रति लगाव रहेको बताए। उनका पिताले कानुनको पढाई पनि गरेका थिए तर उनको मन सधैँ एस्ट्रोलोजीमा थियो। र उनले नै नाममा यसरी परिवर्तन गरेका थिए। उनका अनुसार हामीले आफ्नो भाग्यलाई आफैँ सिँगार्न सक्छौँ। हामीले आफ्नो कर्मले आफ्नो भाग्यलाई चमत्कारिक ढंगले बदल्न सक्छौं।

आयु्ष्मान खुराना (Ayushmann Khurrana) आफ्नो नाममा डबल एन र डबल आरको उपयोग गर्छन्। आयुष्मानका ज्योतिष पिताका अनुसार यस्तो गर्दा भाग्य चम्किन्छ र अहिले एक चर्चित एक्टर बन्नुको कारण पनि यसैलाई मान्छन्।

प्रकाशित : बुधबार, असार ०९, २०७८१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अचम्म नमान्दा हुन्छ ! क्यामेरा अगाडी कपडा उतारेर निर्लज्जताको सबै हद पार गरिसके यी अभिनेत्रीले