एजेन्सी : बलिउड अभिनेत्री तापसी पन्नु पछिल्लो समय चर्चाको केन्द्रमा छिन्। उनको फिल्ममा उनको जीवन्त अभिनयलाई अत्यन्तै मन पराइन्छ। उनले अहिलेसम्म थुप्रै हिट फिल्महरुमा काम गरिसकिन्। उनले ‘नाम शबाना(Naam Shabana)’, ‘थप्पड(Thappad )’, ‘पिंक(Pink)’ र ‘बदला(Badla)’ जस्ता फिल्महरुमा आफ्नो अभिनयले बलिउडमा छुट्टै छाप छोडेकी छिन्।
यी फिल्महरुमा उनले जीवन्त अभिनय गरेकी छिन्। फिल्म बाहेक तापसी आफ्नो बयानबाजीको कारण पनि बेला-बेलामा चर्चामा हुन्छिन्। सामाजिक सञ्जालमा उनी हरेक मुद्दामा स्पष्टसँग आफ्नो कुरा राख्छिन्। एक पटक तापसीले विक्की कौशल(Vicky Kaushal)सँग विवाह गर्न इच्छा व्यक्त गरेकी थिईन्।
तापसी पन्नू र विक्की कौशलले फिल्म ‘मनमर्जियाँ(Manmarziyaan)’ मा सँगै काम गरेका थिए। फिल्ममा यी दुईको जोडी जमेको थियो। रियल लाइफमा पनि यी दुईको राम्रो दोस्ती। बिएफएफ विथ भोग सिजन ३(BFFs With Vogue Season 3) मा पुगेकी तापसीले मनमर्जियाँ फिल्मको शूटिङको क्रममा मित्रता झाङ्गिएको बताईन्।
त्यसअघि व्हाट्सएपमार्फत कुराकानी हुने गरेको पनि तापसीले खुलाईन्। त्यस्तै सोही कार्यक्रममा एकसाथ पुगेका विक्कीले तापसी धेरै बोल्ने तर मनको एकदम सफा रहेको बताए।
यहीँ शोमा तापसीलाई सोधिन्छ कि अभिषेक बच्चन(Abhishek Bachchan), विक्की कौशल र वरुण धवन(Varun Dhawan) मध्ये कोसँग ‘हुकअप, म:_र्ड_:र र विवाह’ गर्न चाहनुहुन्छ ? यस सवालमा तापसी भन्छिन् – ‘विक्की हट छैनन्। तीनजनामध्ये वरुणसँग हुकअप, अभिषेकको म:_र्ड_:र र विक्कीसँग विवाह गर्न चाहन्छु। विक्की एक म्यारिज म्याटेरियल टाइप हुन्।’
फिल्म ‘मनमर्जियाँ’ सन् २०१८ मा रिलिज भएको थियो। यो फिल्म लव ट्रायङ्गलमा आधारित भएर बनेको थियो। फिल्ममा तापसी पन्नु, विक्की कौशल र अभिषेक बच्चन लिड रोलमा थिए। फिल्मलाई अनुराग कश्यप(Anurag Kashyap)ले निर्देशन गरेका थिए। फिल्मलाई दर्शकले अत्यन्तै मन पराएका थिए।
फिल्मका गीतहरुलाई पनि धेरै मन पराईएको थियो। विक्की कौशलको पर्सनल लाइफको कुरा गर्ने हो भने अहिले उनी कट्रिना कैफ(Katrina Kaif) लाई डेट गरिरहेका छन्। लामो समयदेखि विक्की र कट्रिना प्रेम सम्बन्धमा छन् तर दुवैले आफ्नो सम्बन्धबारे कतै पनि बोलेका छैनन्।