‘पानी पानी’ भईन् भोजपुरी अभिनेत्री मोनालिसा, भाइरल भईरहेको छ भिडियो

एजेन्सी : आफ्नो अदा र बो:_(ल्ड) अन्दाजले लाखौँ मानिसहरुका दिलमा राज गरेकी भोजपुरी फिल्मकी अभिनेत्री मोनालिसा(Monalisa)को एक भिडियो सामाजिक सञ्जालमा चौतर्फी छाएको छ। सामाजिक सञ्जालमा दैनिक सक्रिय रहने मोनालिसाले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्, जुन भिडियोले अहिले तहल्का मच्चाईरहेको छ।

यो भिडियोमा मोनालिसा एक बलिउड गीतमा डान्स गरिरहेको देख्न सकिन्छ। भिडियोमा उनी अत्यन्तै आकर्षक हरियो कलरको क्रप टप र लेहँगामा देखिएकी छिन्। उनले हालै रिलिज भएको बलिउड र्यापर बादशाहको गीत ‘पानी पानी’ मा डान्स भिडियो बनाएकी हुन्।

यो गीतको ओरिजिनल भिडियोमा बादशाह(Badshah), ज्याक्लिन फर्नान्डेज(Jacqueline Fernandez) र आस्था गिल(Aastha Gill) को अभिनय रहेको छ। बादशाह र आस्था गिलको आवाजको यो गीतमा मोनालिसाको डान्सलाई अत्यन्तै मन पराईएको छ। यहीँ कारण मोनालिसाको यो भिडियो तीव्र गतिमा भाइरल भईरहेको छ।

मोनालिसाले थुप्रै भोजपुरी फिल्महरुमा काम गरिसकेकी छिन्। यस बाहेक उनी टिभी शो बिग बोस र थुप्रै टिभी सिरियल्समा देखा परिसकेकी छिन्। मोनालिसा आफ्नो बो:_(ल्ड) अन्दाजको लागि चर्चित छिन्। पछिल्लो समय उनले अत्यधिक मात्रामा इन्स्टाग्राम आफ्नो सुन्दर तस्बिरहरु पोस्ट गर्ने गरेकी छिन्।

प्रकाशित : बुधबार, असार ०९, २०७८१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस ह_ट अभिनेतासँग हुकअप तर यस अभिनेतासँग बिहे गर्न चाहन्छिन् तापसी पन्नु