यी ५ बलिउड स्टारकिड्सले काटे आमा-बुवाको नाक….

एजेन्सी : अभिनय आफैमा एक कला हो। वर्षौको लगन र परिश्रमले मात्रै अभिनयमा निखार ल्याउँछ। तर कहिले काहीं चलचित्र क्षेत्रमा ननिखारिएका कलाकारहरुले पनि इन्ट्री मर्ने गरेका छन्। यद्यपि यस्ता कलाकारहरुको अभिनय यात्रा कमै मात्र सुखद रहने गर्छ।

यसरी अभिनयमा पोख्त नभई अभिनयमा होमिनेहरुमा धेरैजस्तो स्टारकिड्सहरु हुन्छन्। अभिनयमा होमिएका स्टारकिड्सहरु फ्लप भएको उदाहरण धेरै सुन्न र देख्न पाइन्छ।

आफ्ना आमा-बुवा बलिउड स्टार भएकै कारण बलिउडमा इन्ट्री पाएर खासै जम्न नसकेका कलाकारहरु निम्न छन्।

ज्याकी भगनानी(Jackky Bhagnani) : –

बलिउडका चर्चित निर्माता वाशु भगनानीका छोरा ज्याकीले सन् २००९ मा चलचित्र ‘कल किसने देखा’बाट बलिउडमा डेब्यु गरेका थिए। तर त्यस चलचित्र फ्लप भयो। उनले सन् २०१५ मा चलचित्र ‘वेल्कम टू कराची’ बाट कम्ब्याक गर्ने असफल प्रयास गरे। त्यसयता उनी कुनै पनि चलचित्रमा देखा परेका छैनन्।

महाअक्षय चक्रवर्ती(Mahaakshay Chakraborty) : –

मिथुन चक्रवर्ती छोरा महाअक्षयले सन् २००८ मा चलचित्र “जिम्मी” बाट असफल डेब्यु गरे। यस्तै रकी, इश्केदारियां र हन्टेड थ्रीडी रिलीज जस्ता चलचित्रमा पनि उनले काम गरे। तर कुनै चलचित्रले पनि उनको करियर बचाउन सकेन। अभिनयमा खासै दख्खल नभएका उनले आफ्ना पितालाई निराश पारे।

अध्ययन सुमन(Adhyayan Suman) : –

बलिउड अभिनेताका छोरा अध्ययन सुमनले बलिउडमा आफ्नो भाग्यको परिक्षण गरे। कुनै पनि चलचित्र सफल हुन नसकेपछि उनी बलिउड देखि नै टाढा भए।

राहुल खन्ना(Rahul Khanna) : –

कुनै एक समयमा विनोद खन्नाको बलिउडमा ठूलै नाम थियो। अझै पनि उनको नाम बलिउडमा सम्मानका साथ लिइन्छ। तर उनका छोरा राहुल खन्नाले भने बलिउडमा पिताको जस्तो कमाल गर्न सकेनन्। शुरुवाती समयमा उनको करियर पिताको कारण ठिकै चलेता पनि पछिल्लो समय भने उनी फ्लप नै रहे।

लव सिन्हा(Luv Sinha) : –

शत्रुघन सिन्हाकी छोरी सोनाक्षीले बलिउडमा राम्रै नाम कमाइन्। तर शत्रुघनका छोरा लव सिन्हाले भने खासै राम्रो गर्न सकेनन्। सन् २०१० मा चलचित्र ‘सदियां’ बाट डेब्यु गरेता पनि चलचित्र असफल रह्यो। त्यसयता उनले कुनै पनि चलचित्र पाएनन्।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८२०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पानी पानी’ भईन् भोजपुरी अभिनेत्री मोनालिसा, भाइरल भईरहेको छ भिडियो