पहिले कसैले फर्केर हेर्न चाहदैन्थे, वजन घटाएपछि सबैको हाई-हाई भए यी ५ अभिनेत्री

एजेन्सी : बलिउडमा यस्तो थुप्रै अभिनेत्रीहरु छन्, जो चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि या पछि मोटोपनको शिकार भए। जसले गर्दा उनीहरुले ट्रोलको सामना गर्नुपर्यो। उनीहरुका शारीरिक तौललाई सार्वजनिक रूपमा ठट्टाको विषय बनाइने गरिन्थ्यो। कतिपयले उनीहरुलाई मोटी थसुल्लीको संज्ञा दिन्थे।

तर पछि उनीहरुले कडा मेहनत गरी आफ्नो तौल घटाई सुगठित जिउडाल बनाए र सबैलाई आश्चर्यचकित पारे। आज हामी तपाईलाई केही अभिनेत्रीहरुका बारेमा बताउनेछौं, जो पहिले धेरै मोटी थिए तर अहिले लोभलाग्दो जिउडालको कारण चौतर्फी चर्चा हुन्छ।

सारा अली खान(Sara Ali Khan) :

चलचित्र क्षेत्रमा आउनुअघि सारा अलि खान आफ्नो मोटोपनको कारण चिनिन्थिन्। प्राय: सामाजिक सञ्जालमा उनको भिडियो भाइरल हुने गर्थे। जुन भिडियोमा उनलाई धेरै मोटी देखिएको हुन्थ्यो। त्यतिबेला उनको लगभग ९६ किलोग्राम वजन थियो। पछि उनले आफ्नो वजन घटाईन् र धेरै सोही गर्न उत्प्रेरित गरिन्।

एक अन्तर्वार्तामा साराले दुखेसो पोख्दै बताएकी थिईन् कि सबैजना समानताको कुरा गर्छन् तर कोहीं पनि फिल्ममा लिड हिरोइनमा मोटी युवतीलाई हेर्न चाहँदैनन्। फिल्मको हिरोइन पातली र सुन्दर होस् भन्ने चाहन्छन्।

सोनाक्षी सिन्हा(Sonakshi Sinha) :

एक समय यस्तो थियो जतिबेला अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो वजनको कारण चिनिन्थिन्। सुपरस्टार सलमान खानको फिल्म ‘दबंग(Dabangg)’ बाट  बलिउडमा डेब्यु सोनाक्षी सिन्हाले फिल्ममा प्रवेश गर्नु अघि आफ्नो ३० केजी तौल घटाएकी थिईन्।

यसको बाबजूद प्राय: सोनाक्षी वजनको कारण ट्रोलको शिकार हुन्छिन्। पछिल्लो १० वर्षमा सोनाक्षी सिन्हाको ट्रान्सफर्मेसन देखेर मानिसहरु चकित परेका छन्।

सोनम कपूर(Sonam Kapor) :

अभिनेत्री सोनम कपूर इन्डस्ट्रीमा आफ्नो स्टाइल र फेशन सेन्सको कारण चर्चामा हुन्छिन्। फिल्म इन्डस्ट्रीमा कदम राख्नु अघि सोनमको तौल ८६ केजी थियो। साथै उनी पीसीओडीबाट पनि ग्रसित थिईन्। यस्तो अवस्थामा पनि उनले हार नमानी आफ्नो तौल घटाउन खुब मेहनत गरिन्।

आलिया भट्ट(Alia Bhatt) :

यस सूचीमा आलिया भट्टको नाम पनि समावेश छ। आलियाले २० वर्षको उमेरमै बलिउडमा कदम राखेकी थिईन्। उनी आफ्नो फिटनेस र स्टाइलको कारण चर्चित छिन्। एक समय यस्तो थियो जतिबेला आलियाको तौल ७० किलोग्राम थियो। हाइटअनुसार उनको तौल २० केजी बढी थियो। आलियाले आफ्नो फिट राख्न धेरै मेहनत गर्नुपरेको थियो।

जरीन खान(Zareen Khan) :

जरीन खानले आफ्नो फिल्मी करियर सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट गरेका थिए। तर जरीनलाई बलिउडमा कदम राख्न बिल्कुलै सहज थिएन। कुनैबेला जरीन खानको तौल १०० किलोग्राम थियो। फिल्म रिलिज भएपछि जरीन तौलको कारण ट्रोलको शिकार भएकी थिईन्। पछि उनले ४३ केजी वजन कम गरेकी थिईन् र अहिले उनी चुस्त-दुरुस्त छिन्।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईका मनपर्ने यी बलिउड कलाकारका शरीरको उचाई कति छ ? हेर्नुहोस्