काठमाडौँ : बलिउड फिल्मका निर्देशक अनुराग कश्यप(Anurag Kashyap) की छोरी आलिया कश्यप(Aaliyah Kashyap) सामाजिक सञ्जालमा धेरै चर्चित छिन्। २० वर्षीय आलिया एक स्टारकिड हुनुको साथ-साथै युट्युबर पनि हुन्। आलियाले फादर्स डेमा युट्युबमा एउटा भिडियो अपलोड गरेकी थिईन्। जुन भिडियोमा उनले पिता अनुराग कश्यपलाई असहज बनाउने खाले प्रश्नहरु सोधेकी छिन्।
आलिया कश्यप र उनका ब्वायफ्रेन्ड शेन अहिले मुम्बईमा छन् र अनुरागसँग बस्छन्। अनुराग कश्यपले भिडियोमा आलियाको ब्वायफ्रेन्डलाई मन पराउँछन् कि पराउँदैनन् भने पनि बताएका छन्।
आलियाले पिता अनुराग कश्यपलाई आफ्नो ब्वायफ्रेन्ड शेनको बारेमा के सोच्नुहुन्छ भनेर सोध्छन्। अनुरागले जवाफ भन्छन् – ‘मलाई शेन मन पर्छ। मलाई तिम्रो साथीको छनोट र केटाको रोजाई मन पर्छ। शेन अत्यन्तै राम्रो छन्। उनी आध्यात्मिक छन्, शान्त स्वभावका छन्। उनमा यस्ता धेरै गुणहरु छन् जो ४० वर्षका पुरुषमा हुँदैनन्, यदि अलग-अलग परिस्थितिको कुरा गर्ने हो भने।’
सबैभन्दा कठिन सवालमध्येको एक जुन आलियाले सोध्छिन् कि यदि उनी प्रेगनेन्ट भएमा तपाईको प्रतिक्रिया कस्तो हुनेछ ? यसमा जवाफ दिँदै अनुराग भन्छन् – ‘म तिमीलाई सोध्नेछु कि के साँच्चै तिमी यो चाहन्छौं ? तिमी जे चाहन्छौं म त्यसमा साथ दिनेछु, यो कुरा तिमीलाई थाहा छ। तिमीले जे गर्छौं म त्यसलाई मान्छु। यो यो अवश्यै भन्नेछु कि अन्त्यमा तिमीले यो कदमको मूल्य चुकाउनुपर्नेछ तर पनि म तिम्रै साथमा रहनेछु।’