आज दिउँसो शुक्रको गोचर : नकारात्मक प्रभाव हटाउन अपनाउनुहोस् यस्तो उपाय

काठमाडौँ : शुक्र ग्रहलाई भौतिक सुखको दाता भनिन्छ। शुक्रलाई प्रेम, सम्बन्ध, सौन्दर्य र आनन्दको कारक मानिन्छ। यस ग्रहको शुभ स्थितिले जीवनमा राम्रो परिणाम प्राप्त हुन्छ। त्यस्तै यदि शुक्रको दशा खराब भएमा व्यक्तिले अनेक खाले उतारचढावको सामना गर्नुपर्नेछ।

शुक्र ग्रह आज असार ८ मङ्गलबार दिउँसो २ बजेर २२ मिनेटमा मिथुनबाट कर्कट राशिमा गोचर गर्नेछ। यस राशिमा आउँदो महिना साउनको २ गतेसम्म रहेपछि शुक्र सिंह राशिमा प्रवेश गर्नेछ।

शुक्र गोचरले एकातिर केही राशिका जातकमा सकारात्मक परिवर्तन ल्याउँछ भने अर्कोतिर नकारात्मक प्रभाव पनि पार्नेछ। गोचरको समयावधिमा शुक्रको दशा खराब हुँदा जातकमाथि नकारात्मक प्रभाव पर्छ। जुन जातकको कुण्डलीमा शुक्रको स्थिति खराब छ, तिनले गोचर कालमा शुक्रलाई शान्त गर्ने उपाय अपनाउनुपर्छ।

शुक्रलाई प्रसन्न गर्ने सबैभन्दा सरल उपाय हो, कन्या पूजन। कन्यालाई शुक्रबारको दिन भोजन गराउनुहोला र तिनलाई सेतो रङ्गको कुनै वस्तु उपहार दिनुहोला। यसो गर्दा शुक्र देवता प्रसन्न हुनेछन्। गोचर पछि पर्ने शुक्रबारको दिन व्रत राख्नुहोला।

शुक्र देवको अतिप्रिय रङ्ग सेतो हो। यस दिन सेतो या गुलाबी रङ्गको वस्त्रधारण गरी पूजा गर्नुहोला। शुक्रको नकारात्मक प्रभाव समाप्त पार्नको लागि शुक्रबारको दिन माता लक्ष्मीको आराधना गर्नुहोला।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसार बदल्ने सामर्थ्य राख्छन् यी राशिका मानिसहरु !