संसार बदल्ने सामर्थ्य राख्छन् यी राशिका मानिसहरु !

काठमाडौँ : परिवर्तन संसारको नियम हो र संसारमा परिवर्तन हुन पनि निकै जरूरी छ।  बिना परिवर्तन संसार अघि बढ्न सक्दैन र यहाँ भएका सबै प्रकारका प्राणी पनि । परिवर्तनलाई सकारात्मक र नकारात्मक दुवै रूपमा हेर्न सकिन्छ ।

मानिन्छ कि परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ । तर सबै मानिसमा परिवर्तन ल्याउन सक्ने क्षमता हुँदैन । मानिन्छ कि यी तीन राशि भएका मानिस कुनै पनि प्रकारको परिवर्तन गर्न सक्षम हुन्छन् । यिनीहरुले चाहे भने संसार बदल्न सक्छन् ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशि भएका व्यक्तिमा कहिले पनि हार नमान्ने गुण हुन्छ । यिनीहरु सधैं जीवनमा अगाडि बढ्ने सोच राख्छन् र बिचमा कुनै पनि चुनौती वा समस्या आए पनि सामना गर्न तयार हुन्छन् । यिनीहरु कुनै पनि काम सुरु गर्नु अघि त्यसको नतिजाको बारेमा सोचेर र जस्तो समस्या आएपनि सामना गर्न सक्ने भएर मात्र अगाडि बढ्ने गर्छन् । त्यसैले गर्दा यी व्यक्तिहरु कुनै पनि काम गर्न सफल हुन्छन् र कुनै पनि प्रकारको परिवर्तन गर्न सक्षम हुन्छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यी व्यक्तिहरुमा खास कुरा यो हुन्छ कि यिनीहरु कुनै पनि निर्णय आवेगमा आएर लिदैनन् । कुनै पनि कुराको नतिजामा पुग्नु अघि उक्त चिजको सकारात्मक र नकारात्मक पक्ष नियाल्छन् । यो राशि हुने मानिस निकै समजदार हुन्छन् । त्यस्तै कुनै पनि काम गर्नु अघि त्यसको बारेमा गहन बिचार गरेर मात्र अघि बढ्ने गर्छन् । त्यसैले गर्दा यी मानिसलाई रोक्न निकै मुश्किल हुन्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशि हुने व्यक्तिमा परिवर्तनको भोक हुन्छ । यिनीहरुमा सधैं केहि न केहि नयाँ कुरा सिक्ने चाह हुन्छ । यी व्यक्ति अरु व्यक्ति भन्दा कुनै पनि काम गर्न सिपलु हुन्छन् । यिनीहरुमा परिवर्तन ल्याउने मानिसको लागि पनि सम्मानको भावना हुन्छ ।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असार ९ गते बुधबारको दैनिक राशिफल : यी राशिलाई धनलाभको योग छ, तपाईको दिन कस्तो रहला ?