जोन अब्राहमको कारण सलमानको अगाडी ग्वा-ग्वा रोएकी थिईन् कट्रिना कैफ

एजेन्सी : बलिउडमा कलाकारहरुबीच मनमुटावको खबर सामान्य मानिन्छ। कुनै न कुनै कारण कलाकारहरुबीच विवाद भईरहन्छ। कहिलेकाहीँ कुनै कलाकारले आफ्नो शक्तिको दुरुपयोग गरी अर्का कलाकारलाई फिल्मबाट निकालिदिन्छन्।

पछिल्लो समयकी चर्चित एवं सफल अभिनेत्री कट्रिना कैफ(Katrina Kaif) पनि कुनैबेला फिल्मबाट निकालिएकी थिईन्। त्यसपछि उनी सलमान खानको अगाडी गई ग्वा-ग्वा रोएकी थिईन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक अन्तर्वार्तामा यो कुराको खुलासा सलमान खान(Salman Khan) आफैँले गरेका थिए । सलमानले जोन अब्राहम(John Abraham)ले कसरी कट्रिनालाई फिल्मबाट निकालेकोबारे बताएका थिए। खासमा सन् २००३ मा जोन अब्राहमले फिल्म ‘साया(Saaya’ बाट कट्रिनालाई निकालेर तारा शर्मालाई लिएका थिए।

प्रकाशित : आइतबार, असार ०६, २०७८१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हतार गरेकोमा पछुतो मान्छिन् धमला पत्नी एलिजा