यी बलिउड कलाकारले ‘काण्ड’ मच्चाएर गुमाए प्रतिष्ठा, चौपट भयो करियर

एजेन्सी : बलिउड इन्डस्ट्रीका धेरै स्टार्स यस्ता छन् जसको करियरको सुरुवात राम्रो रह्यो। इन्डस्ट्री र फ्यान्सले तिनका कामलाई मन पराए र लोकप्रियता बढ्न लाग्यो। ती सेलिब्रेटीमध्ये केही यस्ता छन्, जसले सुरुवातमा सफलता हासिल गरे तर विवाद र कानुनी झमेलामा फसेर प्रतिष्ठा गुमाए। जसको फलस्वरूप तिनको करियर चौपट भयो। विवादपछि पनि उनीहरु पुनरागमन गर्ने प्रयास नगरेका हैनन् तर पहिले जस्तो सफलता हात पार्न सकेनन्।

Shiney Ahuja (शाइनी आहूजा) :

बलिउड अभिनेता शाइनी आहूजा एक उदाउँदो कलाकारको रुपमा फिल्ममा आफ्नो पकड जमाउन खोज्दै थिए। करियरको सुरुवातमा केही फिल्ममा काम गरेपछि सन् २०११ मा उनको घरमा काम गर्ने महिलाले उनीमाथि कर:-_णीको आरोप लगाईन्। उक्त मामिलामा उनलाई ७ वर्षको सजाय सुनाईएको थियो। त्यसपछि उनले सन् २०१५ मा ‘वेलकम ब्याक(Welcome Back)’ मूवीबाट इन्डस्ट्रीमा कमब्याक गर्न खोजे, तर दर्शकले उनलाई स्वीकारेनन्। अहिले उनी फिल्मबाट धेरै टाढा छन्।

Aman Verma (अमन वर्मा) :

अमन वर्मा टिभी इन्डस्ट्रीको एक जमानाको चर्चित नाम थियो। उनको आवाज, अन्दाज र व्यक्तित्वले दर्शक अत्यधिक प्रभावित थिए। उनले ‘खुल जा सिम सिम(Khullja Sim Sim)’ जस्ता टिभी गेम शो होस्ट गरेका छन् र चर्चित शोजमा महत्वपूर्ण भूमिका निभाएका  छन्। यद्यपि एक समाचार च्यानलको स्टिङ अपरेसनमा अभिनेतालाई एक युवतीलाई काम दिलाउने बहानामा सम्झौता गर्दै गरेको भेटिएको थियो।

Vijay Raaz (विजय राज) :

अभिनेता विजय राज एकपटक नशालु औषधी राखेको आरोपमा पक्राउ परेका थिए। सन् २००५ मा विजय राजलाई कथित रुपमा अबुधाबी पुलिसले नशालु औषधी सहित पक्राउ गरेको थियो। सन् २०२० मा पनि विजय एक क्रु मेम्बरलाई उत्पीडन गरेको आरोपमा गिरफ्तार भएका थिए।

Shakti Kapoor (शक्ति कपूर) :

अमन वर्मा जस्तै अभिनेता शक्ति कपूर पनि एक टिभी स्टिङमा सम्बन्ध राख्न माग राख्दै गरेको अवस्थामा भेटिएका थिए। इण्डिया टिभीको एक क्लिपमा शक्ति कपूर एक रिपोर्टरलाई भन्छन्, ‘म तिमीलाई माया गर्न चाहन्छु…र यदि तिमी यस लाइनमा आउन चाहन्छौं भने मैले जे भन्छु त्यहीँ मान्नुपर्नेछ।’

Mandakini (मन्दाकिनी) :

अभिनेत्री मन्दाकिनी फिल्म ‘राम तेरी गंगा मैली(Ram Teri Ganga Maili)’ र ग्याङस्टर दाऊद इब्राहिमसँगको कथित अफेयरको लागि चर्चित छिन्। ९० को दशकको प्रारम्भमा  अभिनेत्रीको ग्याङस्टरसँगको केही तस्बिर सार्वजनिक भएका थिए। जसले गर्दा उनको ग्याङस्टरसँगको सम्पर्क र कथित प्रेम कहानीका खबर तीव्र गतिमा भाइरल हुन् थाल्यो। यसले उनको करियरमा नराम्रो प्रभाव पर्यो। यद्यपि अभिनेत्रीले कमब्याकको धेरै प्रयास गरिन् टर सफलता हात पारिनन्।

प्रकाशित : बुधबार, असार ०२, २०७८१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय कुमारसँगको रेखाको इन्टि:_मेट सिन्स देखेर रवीनाले उठाएकी थिईन् यस्तो कदम