यी बलिउड अभिनेत्रीले आफ्नो विवाह ९ महिनासम्म पनि टिकाउन सकिनन्

एजेन्सी : कलाकारको बिहे प्राय: चर्चामा नै रहन्छ। तर बिहेपछि समस्या भए उनीहरु अलग भएको खबर पनि चर्चामा रहन्छन्। श्रीमान-श्रीमतीको झगडा हुनु एक मामुली कुरा हुन सक्छ जुन सँगै बसेर समाधान गर्न सकिन्छ। तर उनीहरुको कुरा बाहिर पुगेपछि बाहिरी मान्छेले यसबारे बोल्ने मौका पाउँछन्। हालै एक मुद्दा बाहिरिएको छ।

यस्तै मामिला हामी टीएमसी सांसद तथा बंगाली अभिनेत्री नुसरत जहान(Nusrat Jahan)को बारेमा कुरा गछौं। हालै उनले निखिल जैन(Nikhil Jain)सँगको वैवाहिक सम्बन्ध तोड्ने विषय चर्चामा आएको छ। दुबैले २०१९ मा टर्कीमा धुमधामसँग विवाह गरेका थिए तर अहिलेको खबर अनुसार यी दुई पछिल्लो ६ महिनादेखि छुट्टिएर बसिरहेका छन्। निखिल जैनका अनुसार नुसरत डिसेम्बर २०२० देखि आफ्नो आमाको घरमा छिन्।

यस अघि टिभी अभिनेता करण मेहरा(Karan Mehra) र निशा रावल(Nisha Rawal)को सम्बन्ध पनि यस्तै चर्चामा थियो। थुप्रै कलाकारको बिहे उदाहरण बनेको छ। तर आज हामी तपाईलाई ति कलाकारको बारेमा बताउँछौँ जसको बिहे लामो समयसम्म टिकेन। कसैको ६ महिना त् कसैको ९ महिनामा बिहे टिक्यो।

मुकेश अग्रवाल(Mukesh Aggarwal) र रेखा(Rekha) :

बलिउडको सुन्दर अभिनेत्री अभिनेत्री रेखाको नाम त सुन्नु नै भएको होला। अहिले पनि यो कुरा गोप्य छ कि रेखा आफ्नो सिउँदोमा कसको सिन्दुर लगाउँछिन्। रेखाले १९९० मा बिजनेसम्यान मुकेश अग्रवालसँग बिहे गरेकी थिइन्। तर ६ महिनाभित्र नै उनको श्रीमानले आ:’_त्मह,_”:त्या गरेका थिए।

मनीषा कोइराला(Manisha Koirala) र सम्राट दाहाल(Samrat Dahal) :

मनीषा कोइरालाले २०१० मा नेपाली बिजनेसम्यान सम्राट दाहालसँग बिहे गरेकी थिइन्। तर बिहे भएको केही महिनामा नै उनीहरु छुट्टिएर बसेका थिए। पछि २०१२ मा यी दुईले आपसी सहमतिमा डिभोर्स लिएका थिए।

पुलकित सम्राट(Pulkit Samrat) र श्वेता रोहिरा(Shweta Rohira) :

बलिउड अभिनेता पुलकित सम्राटले २०१४ मा आफ्नो प्रेमिका श्वेता रोहिरासँग बिहे गरेका थिए। यो बिहे ९ महिनामात्र टिकेको थियो। त्यसै समय पुलकितको नाम उनको को-स्टार यामी गौतम(Yami Gautam) सँग जोडिएको थियो। पछि अहिले उनको नाम कृति खरबन्दा(Kriti Kharbanda)सँग जोडिन्छ।

सारा खान(Sara Khan) र अली मर्चेन्ट(Ali Merchant) :

टिभीको जोडी सारा खान र अली मर्चेंटको बिहे निकै छोटो समयसम्म टिकेको थियो। दुवैजना दुई महिना भित्र नै छुट्टिएका थिए। सारा र अली मर्चेन्टको बिहे यसकारण चर्चामा रह्यो किनकी यी दुईले विवादित रियलिटी शो बिग बोसमा बिहे गरेका थिए। खबर अनुसार यो एक पब्लिसिटी स्टन्टको लागि मात्र गरिएको थियो जसकारण यी दुईले ५० लाख पाएका थिए ।

प्रकाशित : बुधबार, असार ०२, २०७८००:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड कलाकारले ‘काण्ड’ मच्चाएर गुमाए प्रतिष्ठा, चौपट भयो करियर