एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानी(Disha Patani) मानिसहरुबीच निकै लोकप्रिय छिन्। उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ तगडा छ। पछिल्लो समय उनका बो:ल्ड फोटोहरु भाईरल हुने गरेका छन्। दिशा पटानीले फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी(MS Dhoni : The Untold Story)’ बाट बलिउडमा डेब्यु गरेकी थिईन्।
यो फिल्मपछि उनी मानिसहरुका दिलमा बस्न सफल भईन्। उनी नेशनल क्रस बनिन्। यो फिल्मपछि दिशाले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्। सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा आज आफ्नो २९ औँ जन्मदिन मनाउँदै छिन्। उनी बरेलीमा जन्मिएकी हुन् र त्यहीँ हुर्किन्। उनका पिता एक प्रहरी अधिकारी हुन्। त्यस्तै दिशाकी बहिनी आर्मी अफिसर हुन्।
दिशा पटानी अभिनेत्री बन्न चाहन्नथिन्। उनी बच्चैदेखि पाइलट बन्ने सपना देख्थिन्। एमिटी यूनिवर्सिटीबाट बायोटेकको अध्ययन पूरा गरेपछि दिशाले मोडेलिङ गर्न थालिन्। उनी जम्मा ५०० बोकेर मुम्बई आएकी थिईन्।
दिशाले भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भनिन् – ‘म एक्लै बस्थे र काम गर्थे। तर मैले परिवारसँग कहिल्यै पनि सहयोग मागिन।’ यसको साथै उनले ६ महिनाको लागि स्मरणशक्ति गुमाएको बताईन्। ट्रेनिङको क्रममा उनी लडेकी थिईन्, जसले गर्दा ६ महिनाको लागि स्मरण शक्ति गुमाएकी थिईन्।
उक्त घटनालाई स्मरण गर्दै दिशाले भन्छिन् – ‘मैले आफ्नो जिन्दगीको करिब ६ महिना गुमाएकी थिई, किनकी न मलाई केही याद आईरहेको थियो न त याद नै गर्न सकिरहेको थिए।’ खबर अनुसार उक्त घटना जिमनास्टिकको ट्रेनिङको क्रममा घटेको थियो।