जब करीना कपूरले विद्या बालनको मोटोपनको मजाक उडाइन्, विद्याले दिईन् यस्तो जवाफ

एजेन्सी : अभिनेत्री विद्या बालन(Vidya Balan) बलिउड इन्डस्ट्रीमा आफ्नो उत्कृष्ट अभिनयको लागि चिनिन्छिन्। साथै विद्या बालन बो:_ल्ड एवं ह:-ट अन्दाजको लागि चर्चित छिन्। अहिले विद्या बालन एक पटक फेरी पनि चर्चामा छिन्। सञ्चार माध्यमहरुका खबर अनुसार एक पटक अभिनेत्री करीना कपूर खान(Kareena Kapoor Khan) ले विद्याको वजनबारे नकारात्मक प्रतिक्रिया दिएकी थिईन्।

जतिबेला करीना आफ्नो जिरो फिगरको कारण चारैतिर छाएकी थिईन् र विद्या फिल्म ‘डर्टी पिक्चर(Dirty Picture)’ को लागि आफ्नो वजन बढाईरहेकी थिईन्।

खासमा एक अन्तर्वार्तामा करीनाले विद्याको नाम नलिईकन भनेकी थिईन् – ‘जुन अभिनेत्री आफ्नो शरीरको तौल बढाएर आफू मोटो हुँदा नै सहज महसुस गर्ने कुरा गर्छन्, वास्तवमा तिनी बकवास कुरा गरिरहेका छन्। मोटो हुनुलाई ह:_ट मान्न सकिन्न। यदि कोहीँ यस्तो गरिरहेका छन् भने त्यो एक बकवास हो। कुनै पनि महिला मोटो हुन् चाहँदैनन्। केही अभिनेत्रीहरुका लागि मोटो हुनु ट्रेन्ड अवश्य हुन् सक्ला तर मेरो सवालमा म कहिल्यै मोटाउन चाहन्न।’

करीना कपूरको कुरा सुनेपछि विद्या बालनले जवाफ दिँदै भनेकी थिईन् – ‘यो डर्टी पिक्चर भन्दा बढी डर्टी हुन् सक्दैन्, उनी हिरोइन बन्न सक्छिन् तर कहिल्यै पनि डर्टी पिक्चर बनाउन सक्दिनन्।’

खैर, त्यतिबेला करीनाको फिल्म टशन(Tashan) नराम्ररी फ्लप भएको थियो भने विद्या बालनको फिल्म डर्टी पिक्चर सुपरहिट भएको थियो।

प्रकाशित : सोमबार, जेठ ३१, २०७८१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० वर्ष अघि यस्ती देखिन्थिन् दिशा पटानी, ट्रान्सफर्मेसन देखेर लाग्नेछ झट्का