काठमाडौँ : ज्योतिषमा गुरु बृहस्पति(Jupiter) ग्रह र तिनको चाललाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। बृहस्पति ग्रहको सम्बन्ध व्यक्तिको आर्थिक स्थिति, ज्ञान र बुद्धिमत्तासँग हुन्छ। आउँदो महिना असार ६ गते दशमी तिथिको दिन गुरु वक्री हुँदै छ। गुरु कुम्भ राशिमा वक्री चालमा गोचर गर्नेछ र भदौसम्म रहनेछ। यसको असर सबै १२ वटै राशिहरुमा पर्नेछ तर ५ राशिका जातकमा गुरुको वक्री चालको कारण धेरै समस्या आउने देखिन्छ। गुरुको वक्री चालले कुन राशिमा नकारात्मक असर पर्नेछ त ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : गुरु मेष राशिमा ११ औँ भावमा रहनेछ। यसलाई लाभको भाव मान्न सकिन्छ। तर यतिबेला गुरु वक्री हुँदा आर्थिक नोक्सानी ब्होर्नुपर्ने देखिन्छ। यतिबेला लगानी गर्दा खास सावधानी अपनाउनुपर्नेछ। साथै यस समयावधिमा कसैलाई सापटी पनि नदिनुहोला र कसैबाट नलिनुहोला।
उपाय – राम्रो नतिजाको लागि यस राशिका जातकले बिहिबारको दिन पहेलो कपडा धारण गर्नुहोला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : वक्री गुरु यस राशिमा नवौँ भावमा रहनेछ। यो धर्म, अध्यात्म र भाग्यको भाव हो। यद्यपि कडा मेहनतपछि मात्र फल प्राप्त हुनेछ। यसबाहेक पितासँग कुराकानी गर्दा विचार पुर्याएर बोल्नुहोला, नत्र विवादको स्थिति बन्न सक्छ।
उपाय – पिता, वृद्द-वृद्दा र गुरुको सेवा गर्नुहोला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
यस राशिको सप्तम भावमा वक्री गुरु रहनेछ, जुन दाम्पत्य जीवनमा समस्याको कारण बन्न सक्छ। गुरु उल्टो चाल चल्दा जीवनसाथीसँग मतभेद हुन् सक्छ। आफ्नो कुरा र भावना सोचविचार गरेर मात्र आफ्नो जीवनसाथी समक्ष व्यक्त गर्नुहोला।
उपाय – बिहिबारको दिन पहेलो वस्तु दान गर्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : धनु राशिको स्वामी ग्रह गुरु हो। गुरु उल्टो चाल चल्दा यस राशिका जातकमा अशुभ प्रभाव पर्नेछ। यस समयावधिमा धनु राशिका जातकलाई स्पष्ट कुरा गर्न मुश्किल हुन्छ। साथै साहसमा पनि कमी आउनेछ। भाई-बहिनीसँग मनमुटावको सम्भावना छ।
उपाय – नकारात्मक असरलाई कम गर्नको लागि बिहिबारको दिन केराको बोटमा पूजा गर्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : यस राशिका जातक शुभ कार्यमा धेरै खर्च गर्छन्। यिनको बन्न लागेका काम बिग्रिन सक्छ। घरमा कलहको स्थिति सिर्जना हुन्छ। यात्राको योग पनि बन्नेछ।
उपाय – ध्यान-धर्म गर्नुहोला। यसले तनाव कम गराउँछ।