एजेन्सी : वेब सिरिज ‘द फ्यामिली म्यान २(The Family Man 2)’ मा जीवन्त अभिनय गरी अभिनेत्री सामन्था अक्किनेनी(Samantha Akkineni) ले फ्यान्सको मात्र नभई चलचित्र समिक्षकको पनि दिल जितेकी छिन्। सामन्थाको अभिनयको चौतर्फी तारिफ भईरहेको छ।
दक्षिण भारतीयफिल्म अभिनेत्री सामन्था अहिले ‘द फ्यामिली म्यान २’ को कारण चर्चामा छिन्। सामन्थाले सिरिजमा तमिल रिबेल राजीको भूमिका यति गम्भीरतापूर्वक निभाएकी छिन् कि जोकोहीँ पनि उनको अभिनयको तारिफ नगरी बस्न सक्दैनन्। वेब सिरिजको दर्शक र समीक्षक दुवैले दिल खोलेर प्रशंसा गरेका छन्।
यो भूमिका पछि सामन्था ठुल्ठुला निर्देशक तथा निर्माताको नजरमा परेकी छिन्। सञ्चारमाध्यमहरुका अनुसार सामन्थालाई बलिउड प्रोजेक्ट्सका लागि प्रस्तावहरु आएका छन्। यसैबीच उनले पारिश्रमिक बढाउने निर्णय गरेकी छिन्।
खबर अनुसार सामन्था अक्किनेनीले आफ्नो पारिश्रमिक बढाउने तयारी गरेकी छिन्। ‘द फ्यामिली म्यान २’ मा आफ्नो रोलको लागि सामन्थाले ३-४ करोड भारु पारिश्रमिक लिएको चर्चा छ।
सामन्था अक्किनेनी दक्षिण भारतीय फिल्मको सबैभन्दा सफल अभिनेत्रीहरुका सूचीमा शीर्ष स्थानमा पर्छिन्। थेरी(Theri), ईगा(Eega) र सुपर डिलक्स(Super Deluxe) जस्ता थुप्रै हिट फिल्महरुमा अभिनय गरिसकेकी सामन्थाको चर्चा ‘फ्यामिली म्यान २’ पछि झन् चुलिएको छ। यस वेब शोपछि सामन्थाको लागि बलिउडमा प्रवेश गर्न सजिलो भएको छ।