एजेन्सी : बलिउड अभिनेत्री परिणीति चोपडा(Parineeti Chopra) सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी प्राय: आफ्नो तस्बिर तथा भिडियोहरु फ्यान्समाझ शेयर गरिरहन्छिन्। परिणीति अहिले टर्कीमा भ्याकेसन मनाईरहेकी छिन्। हालै परिणीतिले आफ्नो एक ह:ट बिकिनी तस्बिर शेयर गरेकी थिईन्, जुन तस्बिर देखेर दिदी प्रियंका चोपडालाई जलन भएको छ।
तस्बिरमा परिणीति ब्ल्याक बिकिनीमा देखिएकी छिन्। उनी समुन्द्री किनारामा बालुवामाथि चस्मा लगाएर मस्तसँग बसेकी छिन्। यो तस्बिर शेयर गर्दै परिणीतिले क्याप्सनमा लेखेकी छिन् – “म यो फोटो क्लिक गर्नु अघि प्राणायाम गरिरहेकी थिई। ओके…त्यो झुट हो।(I was doing Pranayama before this photo. 🧘♀️ Ok thats a lie.)”
फ्यान्सले परिणीतिको यो तस्बिरलाई असाध्यै मन पराएका छन्। र उनको लोभलाग्दो सुगठित जिउडाल र सुन्दरताको तारिफ गरिरहेका छन्। त्यस्तै ३२ वर्षीय अभिनेत्री परिणीतिकी दिदी प्रियंका चोपडाले उनको फोटोमा कमेन्ट गर्दै लेखेकी छिन् – ‘मलाई डाहा लागिरहेको छ।’
वर्कफ्रन्टको कुरा गर्ने हो भने परिणीति चोपडा पछिल्लो समय ‘सन्दीप और सन्दीप और(Sandeep Aur Pinky Faraar)’, ‘सायना(Saina)’ र ‘द गर्ल अन द ट्रेन(The Girl on the Train)’ मा प्रमुख भूमिका निभाएकी छिन्। उनी छिट्टै फिल्म ‘एनिमल(Animal)’ मा रणबीर कपूरसँग देखिनेछिन्।