गोप्य अङ्ग छेऊमा ट्याटु खोप्दाको अनुभव यसरी बताउँछिन् नुसरत, खासमा यो हो ट्याटुको अर्थ !

एजेन्सी : फिल्म ‘सोनु के टिटु की स्वीटी(Sonu Ke Titu Ki Sweety)’ को फेम एक्ट्रेस नुसरत भरूचा(Nushrratt Bharuccha) आफ्नो शानदार अभिनय सँग-सँगै ग्लामरस अन्दाजको कारण लाइमलाइटमा आईरहन्छिन्। सुन्दर आउटफिटसमा प्राय: नुसरत आफ्नो लोभलाग्दो अदाको तस्बिरहरु शेयर गरिरहन्छिन्। सञ्जालमा सक्रिय रहने नुसरत अहिले ट्याटुको कारण चर्चामा छिन्।

सर्वप्रथम सार्वजनिक रुपमा नुसरत भरुचाको ट्याटु एक अवार्ड फंक्सनमा देखिएको थियो। उक्त अवार्ड नाइटमा नुसरत ग्रीन कलरको वेस्ट हाई स्लिट ड्रेस लगाएर गएकी थिईन्। ड्रेसको साइडमा ब्राउन लेदरको स्ट्रिप लगाईएको थियो, जहाँबाट उनको यो ट्याटु प्रष्ट देखिन्थ्यो। सामाजिक सञ्जालमा नुसरतको यो लुक खुब भाइरल भएको थियो। तस्बिरमा सबैभन्दा बढी ध्यान नुसरतको ट्याटुले खिचेको थियो।

नुसरतले यो ट्याटु सन् २०१८ मा बनाएकी थिईन्। यहीँ वर्ष उनले आफ्नो पहिलो सुपरहिट फिल्म पनि दिएकी थिईन्। यसै वर्ष नुसरतको फिल्म ‘सोनु के टिटु की स्वीटी’ रिलिज भएको थियो। भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार यहीँ फिल्मको शूटिङको क्रममा उनले आफ्नो शरीरमा ट्याटु खोपेकी थिईन्। जर्जिया(Georgia) मा १० देखि १२ दिनसम्म फिल्मको शूटिङ हुँदा उनले यो ट्याटु खोपेकी थिईन्।

पछिल्लो समय प्रेमी-प्रेमिका एक-अर्काप्रति प्रेम दर्शाउन ट्याटु खोप्ने प्रचलन चल्दै आएको छ। हरेक ट्याटुको केही न केही अर्थ हुन्छ र उक्त ट्याटु मार्फत केही सन्देश दिन खोजिएको हुन्छ। अभिनेत्री नुसरतको ट्याटुमा ध्यान दिएर हेर्ने हो भने यसको डिजाइन एक पक्षीसँग मेल खान्छ। यो डिजाइनलाई फिनिक्स बर्ड(Phoenix Bird) भनिन्छ, जसमा पखेटाको ठाउँमा फूल बनाईएको छ। यो ट्याटुको मतलब हुन्छ सिर्जना र विनाश, पुनर्जन्मको प्रक्रिया। यदि फिनिक्सललाई स्लाविक फायरबर्ड(Slavic Firebird) को रुपमा व्याख्या गरिएमा यस मतलब ज्ञान, दया र सौभाग्यको प्रतीक हुन्छ र मृत्युमाथि विजय हासिल गरिने मान्यता छ। यो ट्याटु उनले अनलाइनमा सर्च गरेको बताउँछिन्।

एक अन्तर्वार्तामा नुसरतले आफ्नो ट्याटु अधुरो रहेको बताएकी थिईन्। उनका अनुसार यो ट्याटु बनाउन ६ देखि ७ घण्टा समय लाग्थ्यो तर एक घण्टापछि नै आफूले पीडा खप्न नसकेर आर्टिस्टलाई रोकेको बताईन्। नुसरत यो ट्याटुमा अरु पनि थप्न चाहन्छिन् तर पीडा स्मरण गर्दै उनी डराउँछिन्।

नुसरत भरुचाको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘जनहित में जारी’ मा देखिनेछिन्। यो एक कमेडी फिल्म हुनेछ। यो फिल्मलाई निर्देशक राज शान्डिल्य(Raaj Shaandilyaa) ले निर्देशन गर्नेछन्। उनले नै सुपरहिट फिल्म ‘ड्रिम गर्ल(Dream Girl)’ निर्देशन गरेका थिए।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘द फेमिली म्यान २’ हिट भएपछि सामन्थाले उठाइन् यति ठुलो अप्रत्यासित कदम