एजेन्सी : मनोरञ्जन जगतमा सर्वे, पोल गरी त्यस अनुसार सबैभन्दा धेरै सुन्दर अभिनेत्रीहरु र सर्वाधिक मन पराईएको अभिनेत्रीहरुको सूची तयार पारिन्छ। जसले धेरै भोट पाउँछन्, तिनै शीर्ष स्थानमा पुग्छन्। यद्यपि यसले इन्टरनेटमा जुन अभिनेत्रीको फ्यानको सक्रियता बढी हुन्छन्, तिनै शीर्ष स्थानमा पुग्ने प्रबल सम्भावना हुन्छ। अहिले एक यस्तो तरिका प्रयोगमा आएको छ जसमा वैज्ञानिक पद्धतिबाट कुन अभिनेत्री संसारकै सबैभन्दा सुन्दर महिला हुन् भनेर पहिचान गर्न सकिन्छ।
प्राचीन ग्रीक पद्धति ‘द गोल्डन रेसियो अफ ब्युटी फाई(The Golden Ratio of Beauty Phi)’ को मापदण्ड अनुसार सुन्दरताको प्रतिशत निकाल्न सकिन्छ। यस वैज्ञानिक तरिकाबाट आँखा, ओठ, आँखीभौं, चिउँडो(Chin) र अनुहारको आकृतिको आधारमा सर्वाधिक सुन्दर महिला छनोट गरिन्छ। यो प्रयोग लण्डनको प्रसिद्ध कस्मेटिक सर्जन डा. जुलियन डि सिल्वाले गरेका हुन्। यस वैज्ञानिक पद्धति अनुसार सबैभन्दा सुन्दर को हुन् त ? हेर्नुहोस्।
बेला हडिड(Bella Hadid) :
गोल्डेन रेसियो मेजरमेन्ट अनुसार सुपरमोडेल बेला हडिड संसारकै सबैभन्दा सुन्दर महिला भएको बताईएको छ। उनको फेस ९४.३५ प्रतिशत पर्फेक्ट पाईएको छ।
यस सूचीमा पप सिङ्गर बियोन्से(Beyoncé) दोस्रो स्थानमा परेकी छिन्। उनको फेस ९२.४४ प्रतिशत पर्फेक्ट भएको बताईएको छ।
अभिनेत्री अम्बर हर्ड(Amber Heard)ले ९१. ८५ प्रतिशत स्कोर प्राप्त गरेकी छिन्। उनी तेस्रो स्थानमा पर्न सफल भएकी छिन्।
पप सिङ्गर अरियाना ग्रान्डे(Ariana Grande) ले ९१.८१ प्रतिशत स्कोर प्राप्त गरी चौथो स्थान पाएकी छिन्।
डा. जुलियन अनुसार बेला हडिडको अनुहारको सबै भागको मेजरमेन्ट पर्फेक्ट पाईएको छ। उनको चिउँडोको स्कोर सबैभन्दा राम्रो रहेको छ। यसको लागि उनलाई ९९.७ प्रतिशत स्कोर दिईएको छ।
मुहारको सुन्दरता मापन गर्ने यो गणितीय पद्धति निधारको हेयरलाइनबाट सुरु भई आँखाको स्थान मापन गर्छ। त्यसपछि नाक तलदेखि चिउँडोसम्म मापन गरिन्छ। कुनै पनि व्यक्तिलाई तब सुन्दर मानिन्छ तब उसको सबै मापदण्ड समान स्कोरमा आउँछ।