एजेन्सी : अमेरिकी अभिनेत्री एन्जेलिना जोली(Angelina Jolie) लाई संसारभर उनको अभिनय कौशलता र सुन्दरताको कारण मन पराइन्छ। एन्जेलिनाले आफ्नो अभिनय यात्रामा अहिलेसम्म एक पटक अस्कार अवार्ड र तीन पटक गोल्डेन ग्लोब अवार्ड जितिसकिन्। उनी धेरैपटक हलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीहरुका सूचीमा पनि परिसकिन्। उनी स्कुल पढ्दा देखि नै अभिनयमा होमिएकी थिईन्। १६ वर्षको कच्चा उमेरदेखि नै उनले स्कुलमा फिल्ममा काम गर्न सुरु गरेकी थिईन्।
एन्जेलिनाले गत जुन ४ तारिखमा आफ्नो ४६ औँ जन्मदिन मनाईन्। बाल्यकालमा एन्जेलिना अत्यन्तै जिद्दी स्वभावकी थिईन्। यहीँ कारण उनलाई धेरैपटक स्कुलबाट निष्कासन गरिएको थियो। उनले पाँच अलग-अलग स्कुलमा अध्ययन गरी आफ्नो विद्यालय स्तरको पढाई पूरा गरिन्।
एन्जेलिनाले सबैभन्दा राम्रो रोल सन् १९९५ को फिल्म ‘ह्याकर्स’ मा पाईन्। यहीँ फिल्मको शूटिङको क्रममा उनी ब्रिटिश अभिनेता जोनी ली मिलर(Jonny Lee Miller) को प्रेममा परिन्। एन्जेलिना र जोनी सन् १९९६ मा वैवाहिक बन्धनमा बाँधिए र दुर्भाग्यबश ३ वर्षमै एक-अर्काबाट अलग भए।
एंजेलिना को 1997 में फिल्म ‘जॉर्ज वॉलेस’ में अलबामा के गर्वनर की पत्नी का रोल निभाने का मौका मिला। इसके लिए उन्हें गोल्डन ग्लोब अवॉर्ड मिला। इसके अगले साल उन्हें एचबीओ मूवी ‘गिया’ के लिए गोल्डन ग्लोब और स्क्रीन एक्टर्स अवॉर्ड दिया गया। वर्ष 2000 में एक्ट्रेस को फिल्म ‘गर्ल, इंटरेप्टेड’ के लिए बेस्ट सर्पोंटिंग एक्टर का ऑस्कर अवॉर्ड मिला।
एन्जेलिनाले सन् १९९७ मा फिल्म ‘जर्ज वालेस(George Wallace)’ मा अलबामा(Alabama) का गर्वनरकी पत्नीको भूमिका निभाउने अवसर पाईन्। यहीँ रोलको लागि उनले गोल्डेन ग्लोब अवार्ड हात पारिन्। यसको अर्को वर्ष उनले एचबिओ मूवी ‘गिया(Gia)’ को लागि गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स अवार्ड जितिन्। सन् २००० मा उनलाई फिल्म ‘गर्ल, इन्टरप्टेड(Girl, Interrupted)’ को लागि बेस्ट सपोर्टिङ एक्टरको अस्कर अवार्ड दिईएको थियो।
सन् १९९९ मा एन्जेलिनाले जोन जोन कुसैक(John Cusack) र बिली बब थोर्नटन(Billy Bob Thornton) सँग कमेडी फिल्म ‘पुसिङ टिन(Pushing Tin)’ मा अभिनय गरिन्। त्यसको एक वर्षपछि एन्जेलिनाले थोर्नटनसँग विवाह गरिन् र सन् २००३ मा सम्बन्ध बिच्छेद भयो।
एन्जेलिनाले तेस्रो पटक ब्राड पिट(Brad Pitt)सँग विवाह गरिन्। फिल्म ‘मिस्टर एण्ड मिसेज स्मिथ(Mr. & Mrs. Smith)’ को शूटिङको क्रममा एन्जेलिना र ब्राड एक-अर्काको प्रेममा परेका थिए। सन् २०१४ मा बिहे गरे र सेप्टेम्बर २०१९ मा अलग भए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एन्जेलिनाले अहिले एक अमेरिकी मानवतावादीलाई डेट गरिरहेकी छिन्। जोसँग उनको चौथो विवाह हुन् सक्ने अनुमान गरिएको छ। एन्जेलिनाले अहिलेसम्म तीन विवाह गरिन् तर तीनै विवाह सफल भएन्। यसबीच उनका ८ ब्वायफ्रेन्ड रहे र तिनीहरुसँग पनि उनको सम्बन्ध लामो समयसम्म टिकेन।
एन्जेलिनाले एक अन्तर्वार्तामा भनेकी थिईन् – ‘मैले जीवनमा पैसा, नाम, प्रसिद्धि, स्वतन्त्रता जे चाहे त्यहीँ पाए। तर कहिल्यै पनि साँचो प्रेम पाईन्।’