एजेन्सी : बलिउडका हरर चलचित्रहरु लोकप्रिय बन्दै गएका छन् । यस्ता चलचित्रहरुमा धेरै सेलिब्रिटी डराउने गर्छन । बलिउड क्षेत्रका यस्ता स्टारसम्म छन् कि उनीहरुले वास्तविक जीवनमा नै भूतसँग सामना गरेका छन् । यस क्षेत्रका केही सेलिब्रेटीले आफूलाई प्रकृतिले नै सुपर पावर दिएको सोच्ने गर्छन। आज हामी तपाईहरुलाई ती बलिउड स्टारका बारेमा बताउन जाँदै छौँ जसले आफ्नो वास्तविक जीवनमा भूतसँग सामना गरिसकेका छन् ।
इमरान हाशमी(Emraan Hashmi) :
बलिउडमा हरर चलचित्रका राजा मानिने इमरान हाशमीले वास्तविक जीवनमा नै भूतको अनुभब गरिसकेका छन् । केही समय अगाडी हाशमी छुट्टी मनाउनका लागि आफ्नो साथीसँग माथेरन गएका थिए । त्यस दिन उनि बसेको होटेलमा कुनै अजिब जनावरको जस्तो आवाज आएको थियो । पहिला त उनले कसैले आफूसँग मजाक गरेको सोचे तर पछि सम्म उनले नियालेर हेर्दा समेत की देखेनन् र आवाज भने उनको नजिक आइरहेको थियो ।
वरुण धवन(Varun Dhawan) :
बलिउडका प्रसिद्ध अभिनेता वरुण धवनले बताए अनुसार केही समय अगाडी उनी होटलमा बसेका थिए । उनि चलचित्र एबीसीडी २ को छायांकनको शिलसिलामा उक्त होटेलमा वास बस्न पुगेका हुनाले उनका साथमा अरु थुप्रै साथीहरु पनि थिए । त्यहाँ उनले भूतको महशुस गरेका थिए किनभने उनको सुतेको कोठामा अजीबको अवाज सुनियो तर केही व्यक्ति भने देख्न सकिएन् ।
सोहा अली खान(Soha Ali Khan) :
सोहा अली खान उनको एक चलचित्र छायांकनको क्रममा गुजरातको एक स्थानमा पुगेकी थिईन । त्यहाँ चलचित्र छायांकन भैरहँदा नजिकबाट फरक फरक आवाजहरु सुनिएको थियो । त्यसपछि पुरै टोलि छयांकन भैरहेको भावनबाट बाहिर निसकिएको थियो । बाहिरबाटनै अजिब अजिब आवाजहरु सुन्नीरहेको थियो ।
गोविन्दा(Govinda) :
गोविन्दा एक चलचित्रको छायाँकनको क्रममा ग्रामिण क्षेत्रमा पुगेका थिए जहाँ उनी होटेलमा बसे । उनी मध्यरातमा अचानक निन्द्राबाट बिउंझिन पुगे किनकि उनी सुतेको ठाउँ नजिकैबाट अजिबको आवाज आइरहेको थियो । त्यस समयमा उनलाई आफूमाथि अरु कोही आइमाई सुतेको जस्तो अनुभब भएको थियो । त्यसपछि गोविन्दा त्यस कोठाबाट चिच्याउदै भागेका थिए ।
बिपाशा बसु(Bipasha Basu) :
बलिउडकि चर्चित अभिनेत्री बिपाशा बसु आफ्नो चलचित्र “गुनाह(Gunaah)”को छायाँकनको क्रममा रहेका बेला उनले अनौठो आवाज सुनेकी थिईन, जुन उनले जीवनमै पहिलो पटक फरक आवाज सुनिन । उनका निर्देशकको समेत कानमा परेको उक्त आवाजले उनीहरु छक्क मात्र परेनन् उनीहरु त्यस ठाउँबाट भागेर सुटिंगका लागि अन्यत्र गएका थिए ।