अङ्ग प्रदर्शन गर्नेहरुका सूचीमा अग्रपंक्तिमा आउँछिन् शाहरुखकी छोरी सुहाना(हेर्नुहोस् तस्बिर)

एजेन्सी : बलिउड बादशाह एवम शाहरुख खान(Shah Rukh Khan) जति नै चर्चित छन् उनको छोराछोरी पनि उति नै चर्चित छन्। शाहरुख खानको छोरी सुहाना खान(Suhana Khan) प्राय: आफ्नो फोटोको कारण सामाजिक सञ्जालमा छाईरहन्छिन्। बलिउडमा डेब्यु नगरेपनि सुहानाको फ्यान फलोइङ अरु कलाकार जतिकै छ।

सुहाना इन्डस्ट्रीको फेभरेट स्टार किड्सको लिस्टमा पनि छिन् । सुहाना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। सुहाना अहिले न्युयोर्कमा छिन्। हालै सुहानाले इन्स्टाग्राम ह्यान्डलमा एक बोल्ड फोटो साझा गरेकी थिइन्। यो फोटोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। सुहानाले यस फोटोमा ब्ल्याक टप लगाएकी छन्।

उनको पोस्टमा नव्या नवेली नन्दा , अनन्या पाण्डे , माहिप कपूर, भावना पाण्डे लगायत थुप्रै कलाकारले कमेन्ट गरेका छन्। सुहाना खानले अघिल्लो वर्ष मात्र आफ्नो अकाउन्ट सार्वजनिक गरेकी हुन्।

उनी अहिले न्युयोर्कमा आफ्नो पढाई पूरा गर्दैछिन्। हालै उनले आफ्नो २१ औँ जन्मदिन मनाएकी थिइन्। सुहाना सामाजिक मुद्दाको बारेमा पनि आफ्नो विचार राख्छिन्। केहि दिन पहिले उनले रंग भेदको बारेमा एक पोस्ट साझा गरेकी थिइन्। उनले आफु एक स्टार किड भएपनि आफ्नो रङलाई लिएर ट्रोल हुने कुरा बताएकी थिइन्।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्यार नलाग्न सक्छ, बलिउडका यी कलाकारहरुले साँच्चै भूत देखेको दाबी गर्छन्