एजेन्सी : बलिउडमा आफ्नो खास पहिचान सफल श्रीलंकन ब्युटी ज्याक्लिन फर्नान्डिज(Jacqueline Fernandez) लाई अहिले कुनै परिचयको आवश्यक पर्दैन। आफ्नो अभिनयमा निखारता ल्याउन ज्याक्लिन जति मेहनत गर्छिन् त्यति नै मात्रामा आफूलाई फिट र आकर्षक जिउडाल कायम राख्न पसिना बगाउँछिन्। ज्याक्लिन वर्कआउट सँगसँगै डाइट प्लान पनि फलो गर्छिन्।
ज्याक्लिनको जस्तै रहरलाग्दो जिउडाल बनाउन सजिलो भने छैन। यसको लागि उनी कडा मेहनत गर्छिन्। आफ्नो शरीरलाई आकर्षक बनाउन उनी जिम, योगा देखि डान्ससम्म गर्छिन्। आफूलाई एक्सरसाइजसम्म मात्र सीमित राख्न नहुने ज्याक्लिनको मान्यता छ। भारतीय मिडियाहरुका रिपोर्टस अनुसार उनलाई किकबक्सिङ(Kickboxing) गर्न असाध्यै मन पर्छ। उनको भनाईमा किकबक्सिङ गर्दा शरीरको माथिल्लो भाग मजबूत बनाउनुको साथै दिमागलाई चुस्तदुरुस्त बनाईराख्छ।
स्वस्थ शरीर र मनलाई शान्त बनाउन ज्याक्लिन दैनिक योगा पनि गर्छिन्। उनी लगातार अलग-अलग आसनको प्रयोग गर्छिन्। योगा गर्दै गरेको तस्बिरहरु सामाजिक सञ्जालमा अपलोड गर्न पनि उनी छुटाउदिनन्।
डाइट प्लानको कुरा गर्ने हो भने उनी वर्कआउट पछि प्रोटिन शेक लिन रुचाउँछिन्। यो कुरा उनले एक अन्तर्वार्तामा खुलाएकी हुन्। उनी आफ्नो खानालाई तीन भागमा बाड्छिन् – कार्बोहाइड्रेट, प्रोटिन र फ्याट।