आज मङ्गलबारको राशिफल : शुभ समाचार प्राप्त होला, शुभ फलदायी छ तपाईको दिन

पञ्चाङ्ग : …..(दिन – मंगलवार)…..(नक्षत्र – धनिष्ठा , २१:०८ बजे उप्रान्त शतभिषा)…..(तिथि – षष्ठी , ६:१३ बजे उप्रान्त सप्तमी)…..(करण – वणिज ६:१३ बजेदेखि भद्रा , १७:५१ बजे उप्रान्त कौलव)…..(योग – ऐन्द्र , ९:२३ बजे उप्रान्त वैधृति)…..(जेठ १८, २०७८)…..(01 June, 2021)…..(षष्ठी, ज्येष्ठ कृष्णपक्ष)…..(बछलागा, ११४१ ने.सं.)…..(सूर्योदय(sunrise) – ५:१०//सूर्यास्त(Sunset) – १८:५४)…..(वन उपभोक्ता दिवस)…..(रुद्री गर्ने साइत) ।।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन मित्र र सामाजिक कार्यमा भागदौड गरेर बित्नेछ। सरकारी कार्यमा सफलता प्राप्त हुनेछ। ठुलो मान्छेको सहयोग प्राप्त हुनेछ र उनीहरुसँग भेट हुँदा आनन्द वृद्दि हुनेछ। टाढा वा विदेश स्थित सन्तानसँगको सम्बन्धमा शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक धनलाभ हुन सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन शुभ फलदायी रहेको छ। विशेषगरि व्यवसाय गर्ने व्यक्तिको लागि दिन लाभदायी रहेको छ। व्यवसायमा पदोन्नती हुने योग रहेको छ। कार्यालयमा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। पारिवारिक जीवनमा सुख र शान्ति प्राप्त हुनेछ। मित्रसँग भेट हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन प्रतिकूल रहनेछ। मानसिक रुपले निराश र शारीरिक रुपले शिथिल अनुभव गर्नुहुनेछ। कार्य गर्न उत्साह रहनेछैन। व्यवसायिक स्थलमा उच्च अधिकारी र सहकर्मचारीको व्यवहार नकारात्मक रहनेछ। पैसा खर्च हुन सक्छ। सन्तानसँग मतभेद अथवा उनीहरुको चिन्ताले निराश रहनुहुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

वैचारिक रुपले नकारात्मकता छाई रहनाले दिनभर शारीरिक र मानसिक रुपले अस्वस्थता रहनुहुनेछ। त्यसैले नकारात्मकताबाट टाढा रहनुहोला। अधिक खर्च हुन सक्ला। परिवारबीच घर्षण नहोस् यस कुराको ध्यान राख्नुहोला। नयाँ परिचय केहि खास लाभदायी सिद्ध हुनेछैन।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

श्रीमान-श्रीमती बीच झगडा हुन सक्ला। दुवैजना मध्ये एकजनाको स्वास्थ्य नबिग्रियोस् यस कुराको ध्यान राख्नुहोला। सांसारिक तथा अन्य प्रश्नको कारण मन उदास रहनेछ। सहकर्मीसँगको व्यवहारमा मतभेद हुन सक्ला। अदालती कार्यबाट टाढा रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

व्यवसायिक क्षेत्रमा यश प्राप्त होला। सहकर्मचारीको सहयोग मिल्नेछ। पारिवारिक वातावरणमा सुख अनुभव हुनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुनेछ। आर्थिक लाभ होला। रोगी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

वैचारिक रुपले विशाल र बोलीको मधुरताले अरु व्यक्तिलाई प्रभावित गर्न सक्नुहुनेछ। चर्चा-विचारणामा पनि प्रभाव जमाउन सक्नुहुनेछ। परिश्रमको तुलनामा परिणाम सन्तोषजनक प्राप्त हुदैन। साहित्य लेखनको प्रवृत्तिमा अभिरुचि बढ्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

आफन्तबाट टाढा रहनु नै हितकार हुनेछ। शारीरिक र मानसिक रुपले अस्वस्थताको कारण निराशापन रहनेछ। आमाको स्वास्थ्य बिग्रन सक्छ। पारिवारिक वातावरण झगडामय रहनेछ। मनमा प्रसन्नताको अभावको कारण अनिन्द्राले सताउनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

प्रतिस्पर्धीलाई पराजित गर्न सक्नुहुनेछ। शारीरिक र मानसिक रुपले स्वास्थ्य स्वस्थ रहनेछ। नयाँ कार्यको शुभारम्भ गर्नको लागि अनुकुल समय रहेको छ। आफन्तसँग समय आनन्दमय रहनेछ। आध्यात्मिकताको आनन्दले जीवन स्वच्छ रहला। मित्र र आफन्तसँग भेट हुँदा हर्षित रहनुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन मिश्र फलदायी रहेको छ। परिवारसँग गलत धारणा नहोस् यस कुराको ध्यान दिनुहोला। अनावश्यक खर्च हुनेछ। स्वास्थ्यको विषयमा ध्यान दिनुहोला। विधार्थीको अभ्यासमा रुची रहनेछैन। शेयरमा लगानी नगर्नुहोला। आध्यात्मिकता शान्तिदायी सिद्ध हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आर्थिक दृष्टिकोणले दिन लाभदायी रहेको छ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। मित्र र आफन्तसँग आनन्दपूर्वक समय बित्नेछ। आध्यात्मिकताको आश्रय लिएर वैचारिक नकारात्मकताबाट टाढा रहनुहुनेछ। छोटो यात्राको आनन्द उठाउन सक्नुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

अदालती अथवा स्थावर सम्पत्तिको झन्झटमा नपर्नुहोला। सबै कार्यमा मनको एकाग्रताको कारण फाईदा होला। स्वास्थ्य सम्हाल्नुहोला। आफन्तसँगको वियोगको प्रसंग उपस्थित हुनेछ। परिवारसँग मतभेद होला। लेन-देन गर्दा सोच-विचार गरेर निर्णय लिनुहोला।

प्रकाशित : सोमबार, जेठ १७, २०७८२२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुन महिनाको मासिक राशिफल : १२ वटै राशिका लागि खास छ यो महिना, आकस्मिक लाभ हुने योग छ