जुन महिनाको मासिक राशिफल : १२ वटै राशिका लागि खास छ यो महिना, आकस्मिक लाभ हुने योग छ

काठमाडौँ : आजबाट इस्वी सम्बतको जुन महिना सुरुवात भएको छ। ग्रह-नक्षत्रको चाल अनुसार जुन महिना सबै राशिका लागि धेरै खास रहने वाला छ। ज्योतिषीय दृष्टिकोणले यो महिना केही राशिहरुका लागि धेरै लाभदायी छ। त्यस्तै राशिका जातकले यो महिनामा चुनौती र सङ्कट भोग्नुपर्नेछ। केही राशिले यो महिनामा मिश्रित फल प्राप्त गर्नेछन्। सबै राशिको मासिक राशिफल हेर्नुहोस्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिका लागि जुन महिना अत्यन्तै खास रहने वाला छ। यद्यपि निजी जीवनमा तपाईले केही कठिनाईहरुको सामना गर्नुपर्नेछ। यो महिनामा तपाईले जीवनको हरेक क्षेत्रमा दिलोज्यान दिएर कडा मेहनत गर्नुहुनेछ र तपाईले त्यसको फल प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट लाभ हुने योग छ। व्यवसायको लागि पनि अवस्था राम्रो छ। यो महिनामा तपाईले केही महत्वपूर्ण फैसला लिनुहुनेछ, जसले गर्दा भावी दिनमा तपाईले लाभ प्राप्त गर्नुहुनेछ। विद्यार्थीको लागि यो महिना राम्रो छ। परिवारमा कुनै कारण झगडा हुन् सक्छ। मातापिताको स्वास्थ्यको ख्याल गर्नुहोला। प्रेम जीवनको लागि यो उत्तम समय छ। विवाहितका लागि यो समय थोरै मुश्किलपूर्ण बन्न सक्छ। मातापिताको पति-पत्नीबीच आपसी सामञ्जस्य बिग्रिन सक्छ। तर केही दिनपछि स्थिति सामान्य हुनेछ। आर्थिक दृष्टिकोणले यो महिना तपाईको लागि अत्यन्तै राम्रो छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

यो महिना वृष राशिका जातकको लागि मिश्रित फलदायी रहनेछ। कार्यक्षेत्रमा भाग्यको साथ पाउनुहुनेछ, जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ। रिसको झोँकमा जे मनमा लाग्यो त्यो नबोल्नुहोला। अरु व्यक्तिगत मामिलामा हस्तक्षेप गर्ने प्रयास नगर्नुहोला। अफिसमा आफ्ना सहकर्मीलाई आँखा चिम्लेर विश्वास नगर्नुहोला। छात्रछात्राले यो महिनामा धेरै मेहनत गर्न आवश्यक छ। तपाईको शैक्षिक गुणस्तरमा उतारचढाव आउनेछ। पारिवारिक दृष्टिकोणले हेर्दा यो समय राम्रो देखिन्छ। घर-परिवारमा सुख-शान्ति रहनेछ र घरमा आफन्तजनको आगमनको सम्भावना छ। प्रेम सम्बन्धमा दरार आउन सक्छ। विवाहित मानिसहरुका दाम्पत्य जीवनमा हलचल आउनसक्छ। आर्थिक दृष्टिकोणले जुन महिना तपाईको लागि मध्यम रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउन आवश्यक छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मिथुन राशिका लागि जुन महिना मिश्रित परिणाममुखी रहनेछ। करियरको दृष्टिकोणले यो महिना ठिक छ। जागिरमा बढुवा हुने योग बनेको छ। व्यवसाय-व्यवसायको कारण यात्राको जुर्न सक्छ। विद्यार्थीको लागि यो समय राम्रो छ तर एकाग्रतामा थोरै कमी आउन सक्छ। पारिवारिक जीवनमा केही मुश्किल आउन सक्छ। मनमुटावको कारण घरको माहोल खराब हुन् सक्छ। प्रेम जीवनको दृष्टिकोणले यो महिना राम्रो रहने सम्भावना छ। आपसी विवादबाट बच्नुहोला र आफ्नो व्यवहारमा नियन्त्रण राख्नुहोला। आर्थिक दृष्टिकोणले यो महिना तपाईको लागि ठिकठाक रहनेछ। व्यर्थका खर्च नगर्नुहोला। लगानीको लागि यो महिना राम्रो छ। स्वास्थ्यको हिसाबले केही समस्या आउन सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका जातकका लागि यो महिना खास रहने छैन। तपाईले हरेक क्षेत्रमा कडा मेहनत गर्नुपर्नेछ। कर्मठता र कार्यकुशलतामा वृद्धि हुनेछ, तर वरिष्ठ अधिकारीसँग सम्बन्ध बिग्रिन सक्छ। व्यवसायमा उतारचढावको योग छ। छात्राका लागि यो महिना सामान्य रहनेछ। प्रतियोगात्मक तथा लिखित परीक्षामा सफलताको लागि कडा मेहनत गर्नुपर्ने समय छ। पारिवारिक माहोल उतारचढावपूर्ण रहनेछ। भाईबहिनीलाई सक्दो सहयोग गर्नुहोला। पिताजीको स्वास्थ्यको ख्याल गर्नुहोला। प्रेम सम्बन्धको लागि जुन महिना चुनौतीपूर्ण रहनेछ। प्रेमिल जोडीहरु एक-अर्कालाई बुझ्न असमर्थ हुन्छन्, जसले गर्दा सम्बन्धमा दरार आउन सक्छ। दाम्पत्य जीवनमा पनि तीक्तता बढ्न सक्छ। खर्चमा वृद्धि हुनेदेखि आर्थिक स्थिति बिग्रिन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यो महिनामा तपाईले जीवनमा शुभ-अशुभ मिश्रित परिणाम पाउनुहुनेछ। करियरको लागि धेरै चुनौतीपूर्ण समय छ। विरोधीहरुबाट सावधान रहनुहोला। काममा ध्यान दिनुहोला। कार्यक्षेत्रमा धेरै मेहनत गर्नुपर्नेछ। कामको लागि विदेश यात्राको अवसर पाउनुहोला। व्यवसाय गर्ने जातकको लागि राम्रो समय छ। शैक्षिक दृष्टिकोणले यो समय राम्रो छ। महिनाको सुरुवातमा ग्रह-गोचर तपाईको पारिवारिक जीवनको लागि अनुकूल हुनेछैन। समस्या उत्पन्न हुने आशंका देखिन्छ। परिवारको वातावरण खराब हुन् सक्छ। माता-पिताको स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। घर जग्गा खरिद गर्ने योग बनेको छ। प्रेम जीवनको लागि यो राम्रो समय हो। जीवनसाथीको पूरा सहयोग पाउने सम्भावना छ। आर्थिक दृष्टिकोणले यो महिना राम्रो रहनेछ। शनि र मङ्गलको गोचरको कारणले तपाईको स्वास्थ्य अवस्था बिग्रिन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यो महिना तपाईको लागि मिश्रित फलदायी रहने आशा छ। करियरको दृष्टिकोणले समय राम्रो रहनेछ। काम-धन्दामा अनुकूलता रहने सम्भावना छ। जागिरमा सफलता मिल्ने प्रबल सम्भावना देखिन्छ, राम्रो पदोन्नति पाउनुहुनेछ। वरिष्ठ पदाधिकारीसँग सम्बन्ध सुमधुर हुनेछ। कारोबारसँग जोडिएका जातकले यो महिनाभरी एकदमै सावधानी अपनाउनुहोला। शैक्षिक हिसाबले यो समय मध्यम छ। पारिवारिक दृष्टिकोणले यो समय शुभ छ। हाँसखेलको माहोल रहनेछ। प्रेम सम्बन्धी मामिलाको लागि यो समय चुनौतीपूर्ण छ। सम्बन्ध फाटो आउन सक्छ। आर्थिक दृष्टिकोणले यो समय केही खास हुनेछैन। आर्थिक चुनौतीको सामना गर्नुपर्नेछ। स्वास्थ्य राम्रो रहला। योग, व्यायाम र ध्यान अनि बिहानै हिड्डुल गर्नु तपाईको लागि लाभदायी हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका लागि जुन महिना उत्तम रहने सम्भावना छ। करियरको लागि यो उपयुक्त समय हो। जागिर परिवर्तन गर्न सफल हुनुहुनेछ। यो महिनामा तपाईले हरेक कार्यमा सफलता पाउनुहुनेछ। शैक्षिक क्षेत्रसँग सम्बन्धितका लागि यो समय राम्रो छ। पारिवारिक जीवनमा उतारचढाव आउन सक्छ। मातापिताको स्वास्थ्य खराब हुन् सक्छ। यो महिना प्रेम सम्बन्धको लागि अनुकूल छ। विवाहित जातकको लागि महिनाको सुरुवात उत्तम हुनेछ। आर्थिक दृष्टिकोणले यो राम्रो समय हो। विगतमा गरेको लगानीबाट लाभ प्राप्त गर्नुहुनेछ। स्वास्थ्यको हिसाबले यो महिना थोरै प्रतिकूल रहनेछ। यो महिनामा स्वास्थ्यमा विशेष ध्यान आवश्यक छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

जुन महिना वृश्चिक राशिका जातकका लागि मध्यम खालको रहनेछ। निष्ठा र पूरा लगनको साथ काम गर्नुहोला। जागिरमा बढुवाको योग छ। व्यापारमा पार्टनरसँग विवादको स्थिति बन्न सक्छ। शिक्षाको दृष्टिकोणले यो राम्रो समय छ। एकाग्रता कायम राख्नुहोला। पारिवारिक जीवनमा शान्ति र प्रशन्नता रहनेछ। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहनेछ र परिवारमा तिनको महत्वपूर्ण भूमिका रहनेछ। घरमा कुनै शुभ कार्य हुने सम्भावना छ। प्रेम सम्बन्धको लागि यो महिना सामान्य छ। सम्बन्धमा परिपक्वता आउनेछ। विवाहित जातकको लागि यो समय उतारचढावपूर्ण रहनेछ। आर्थिक दृष्टिकोणले मिश्रित फल पाउनुहुनेछ। स्वास्थ्यको दृष्टिले यो महिनामा तपाईले केही कठिनाईको सामना गर्नुपर्नेछ। दिनचर्या र जीवनशैली ठिक रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धनु राशिका जातकको लागि यो महिना राम्रो रहने वाला छ। जागिरमा पदोन्नति हुने सम्भावना छ। कार्यक्षेत्रमा अझ मेहनत गर्न जरुरत छ। नयाँ योजनामा काम गर्दा सफलता हासिल गर्नुहुनेछ। छात्राको लागि यो कठिन समय छ। आफ्नो मेहनतले सफलता प्राप्त गर्न सफल हुनुहुनेछ। यो महिनामा तपाईको पारिवारिक जीवनमा केही उतारचढाव आउन् सक्छ। आमाको स्वास्थ्य अवस्थाले पिरोल्न सक्छ। प्रेमिल जोडीहरुका लागि यो समय राम्रो छ। आर्थिक दृष्टिकोणले यो समय मध्यम छ। आफ्नो योग्यता र क्षमता बढाउने प्रयास गर्नुहोला। केही रोगले तपाईलाई चिन्तित बनाउन सक्छ। यसकारण आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका लागि जुन महिना सामान्य रहनेछ। कार्यक्षेत्रमा कडा मेहनत गरे सफलता अवश्य हात लाग्नेछ। २२ जुन पछिको समय तपाईको लागि राम्रो छ। व्यापारमा वृद्धि हुन् सक्छ। शिक्षाको दृष्टिकोणले यो समय धेरै अनुकूल रहने छैन। यो महिना तपाईको पारिवारिक जीवनको लागि राम्रो छ। परिवारमा सुख-शान्ति रहनेछ। घर-जग्गासम्बन्धी विवाद हुन् सक्छ। तपाईको आमाको स्वास्थ्य अवस्था बिग्रिन सक्छ। प्रेम सम्बन्धको लागि यो समय कठिन छ। यो महिनामा तपाईले धैर्यतापूर्वक काम गर्न जरुरी छ। विवाहित जातकले पनि केही चुनौतीहरुको सामना गर्नुपर्नेछ। आर्थिक हिसाबले न त लाभ हुने देखिन्छ न त हानि नै हुन्छ। धन बचत गर्न सफल हुनुहुनेह्च। स्वास्थ्य ठिकठाक रहनेछ तर कुनै पनि लापरवाही नगर्नुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिका जातकको लागि जुन महिना खासै शुभ रहने वाला छैन। कार्यक्षेत्रमा विभिन्न खाले समस्याहरुको सामना गर्नुपर्नेछ। कारोबारको लागि पनि राम्रो समय छैन। यद्यपि बिस्ताई स्थिति सुध्रिनेछ। शैक्षिक दृष्टिकोणले यो महिना उत्तम छ। प्रतियोगात्मक परीक्षामा मेहनत गरे उत्कृष्ट नतिजा आउने योग छ। पारिवारिक जीवनको लागि समय राम्रो छैन। आफन्तजनसँग झगडा हुन् सक्छ। धैर्यतापूर्वक समस्या समाधान गर्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्धको लागि अनुकूल समय छ। तपाईको खर्च बढ्नेछ। स्वास्थ्यको दृष्टिकोणले यो मध्यम समय रहनेछ। हातगोडामा चोट लाग्न सक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका लागि जुन महिना निकै फलदायक रहनेछ।  यो महिना तपाईले आफ्नो मेहनतको पूरा फल पाउनुहुनेछ। उच्च पदाधिकारीसँग सम्बन्ध राम्रो रहनेछ, जसबाट तपाईले लाभ उठाउनुहुनेछ। व्यवसायको हिसाबले यो महिना राम्रो छ। विद्यार्थीको लागि यो समय केही खास रहने छैन। शिक्षामा केही व्यवधान आउने सम्भावना छ। परिवारको सदस्यमा एक-अर्काप्रति लगाव र स्नेहको भावना रहनेछ। मातापिताको स्वास्थ्य उत्तम रहनेछ। प्रेम सम्बन्धको लागि यो समय एकदमै नाजुक रहनेछ। आफ्नो सम्बन्धप्रति इमान्दार रहनुहोला। आर्थिक दृष्टिकोणले यो समय राम्रो छ। केही योजनामा रोकावट आउन सक्छ। स्वास्थ्यको हिसाबले जुन महिना ठीकठाक रहनेछ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बुधवारको राशिफल : यी राशिलाई शुभ छ, यी राशि सावधान रहनुहोला !