एजेन्सी : ९० को दशकमा अभिनेत्री माधुरी दीक्षित(Madhuri Dixit) र जूही चावला(Juhi Chawla) को बोलबोला थियो। दुवैले सन् १९८८ मा फिल्मी दुनियाँमा कदम राखेका थिए। दुवैले लगभग भारतीय चलचित्र जगतका चर्चित हस्तीहरुसँग थुप्रै सुपरहिट फिल्महरुमा काम गरे। तर माधुरी र जुही दुवैले चलचित्र क्षेत्रभन्दा बाहिरका पुरुषसँग विवाह गरे।
जुही चावलाले सन् १९९५ मा बिजनेसम्यान जय मेहतासँग विवाह गरिन्। त्यस्तै माधुरी दीक्षितले सन् १९९९ मा डाक्टर श्रीराम नेनेसँग विवाह गरिन्। अहिले माधुरी र जुहीले आफूहरुले किन फिल्म स्टारसँग विवाह नगरेकोबारे खुलासा गरेको भिडियो भाइरल भईरहेको छ।
यो भिडियो सन् २०१४ को करण जोहर(Karan Johar) को च्याट शो ‘कफी विथ करण(Koffee with Karan)’ को हो। करण जोहरले च्याट शोमा माधुरी र जुहीलाई सोध्छन – ‘तपाईहरुले ठुल्ठुला स्टार्ससँग इन्डस्ट्रीमा काम गर्नुभयो तर कहिल्यै कुनै ह्यान्सम मुभी स्टारसँग विवाह गर्नेबारे किन सोच्नुभएन ?’
करणको प्रश्नमा जवाफ दिँदै माधुरी भन्छिन् – ‘मैले शाहरुख खानसँग धेरै काम गरे। सलमानसँग पनि गरेकी थिई। आमिरसँग दुई वटा फिल्ममा मात्र काम गरे। शायद मैले ती स्टारलाई खासै मन पराइन्। न त मैले उनीहरुसँग विवाह गर्नेबारे सोचे। मेरो पति नै मेरो हिरो हुन्।’
त्यस्तै भिडियोमा जुही चावला भन्छिन् – ‘मेरो पति जय मेहताले मलाई आकर्षित गरेका थिए। उनले मलाई फूल, कार्ड्स र गिफ्ट्स पठाउँथे। उनीहरु सबै राम्रा हिरो थिए तर मलाई लाग्दैन कि मैले उनीहरुलाई सम्हाल्न सक्छु। जसरी म आफूलाई ऐनामा हेर्छु, त्यसैगरी एक एक्टर पनि आफूमै हराईरहन्छन्। त्यहीँ भएर म आफूजस्तै पुरुषसँग विवाह गर्न सक्दिन्थे। यस मामिलामा मेरो सोच स्पष्ट थियो।’
जुहीले कयामत से कयामत तक(Qayamat Se Qayamat Tak), डर(Darr), हम हैं रही प्यार के(Hum Hain Rahi Pyar Ke), दीवाना मस्ताना(Deewana Mastana), यस बोस(Yes Boss), इश्क(Ishq) जस्ता सफल फिल्महरुमा काम गरेकी छिन्। त्यस्तै माधुरी दीक्षितले दिल(Dil), बेटा(Beta), साजन(Saajan), खलनायक(KhalNayak), हम आपके हैं कौन(Hum Aapke Hain Koun..!) लगायत थुप्रै हिट फिल्महरुमा अभिनय गरेकी छिन्।