बेरोजगार भईन् ‘दंगल गर्ल’ फातिमा, भाइरल भईरहेको छ भिडियो

एजेन्सी : भारतीय अभिनेत्री फातिमा सना शेख(Fatima Sana Shaikh) ले बाल कलाकारको रुपमा सिनेमा जगतमा कदम राखेकी थिईन्। उनले सन् २०१६ मा रिलिज भएको फिल्म ‘दंगल(Dangal)’ बाट लोकप्रियता हासिल गरेकी थिईन्। फिल्म ‘दंगल’ मा उनले आमिर खान(Aamir Khan) की छोरीको भूमिका निभाएकी थिईन्। थुप्रै फिल्महरुमा आफ्नो सशक्त अभिनय कौशलताले दर्शकको मन जित्न सफल अभिनेत्री फातिमा अहिले बेरोजगार छिन्।

सामाजिक सञ्जालमा फातिमा सना शेखको एक भिडियो तीव्र गतिमा भाइरल भईरहेको छ। उक्त भिडियोमा एक प्यापराजी(Paparazzi) ले फातिमालाई आफ्नो आउँदो प्रोजेक्ट्सको बारेमा सोध्छन्। जसको जवाफमा उनी भन्छिन् – ‘अहिले त कोभिडको टाइम चलिरहेको छ, जब महामारी कम हुन्छ, समाप्त हुन्छ, अरुले काम पाए जसरी मैले पनि काम पाउँछु। अहिले बेरोजगार छु।’

कोरोना भाइरसको दोस्रो लहरले मनोरञ्जन क्षेत्रमा व्यापक असर पारेको छ। टिभी शोज र फिल्मको शूटिङ रोकिएका छन्। जसले धेरै मानिसहरु बेरोजगार भएका छन्।

फातिमा सना शेखले ९० को दशकको फिल्म ‘चाची ४२०’ मा बाल कलाकारको भूमिका निभाएकी थिईन्। हालै उनको फिल्म ‘अजीब दास्तान्स(Ajeeb Daastaans)’ नेटफ्लिक्समा रिलिज भएको थियो।

प्रकाशित : सोमबार, जेठ १७, २०७८२०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘ये जवानी है दीवानी’ को ‘नैना’ अहिलेसम्मकै अत्यधिक मन पराइएको पात्र