एजेन्सी : भारतीय अभिनेत्री नुसरत भरूचा फिल्ममा आफ्नो अभिनयसँग-सँगै आफ्नो लुक्सको कारण पनि चर्चामा रहन्छिन्। रेड कार्पेटमा होस् या कुनै क्याजुअल आउटिङमा उनी आफ्नो लुक्सलाई एकदमै ख्याल राख्छिन्। सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग जोडिरहने अभिनेत्री नुसरतले हालै सबैलाई लाजवाफ बनाउने तस्बिर शेयर गरेकी छिन्।
‘ड्रिम गर्ल(Dream Girl)’ नुसरत भरुचाले यो फोटोशूट जुनेली रातमा गराएकी हुन्, जहाँ उनको सुन्दरताको अलगै दृश्य देख्न सकिन्छ।
नुसरतको ड्रेसिङ सेन्सदेखि उनको फेशन सेन्ससम्म सबै कमालको छ। ब्ल्याक डटेड ड्रेस र खुल्ला केशमा उनी बिछट्टै राम्री देखिएकी छिन्।
कानमा ब्ल्याक इयररिङ्गस र हातमा म्याचिङ बालाले उनको लुकलाई कम्प्लिट गरेको छ।
फ्यान्सलाई नुसरतको यो अन्दाज असाध्यै मन परिरहेको छ। र कमेन्ट्स गरी अभिनेत्रीको खूब तारिफ गरिरहेका छन्।