पागलप्रेमी शाहरुख भन्छन – ‘गौरीले मलाई छाडे कपडा च्यातेर सडकमा उभिई गीत गाउँछु’

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खान(Shah Rukh Khan) फिल्ममा आफ्नो रोमान्टिक अन्दाजको साथ-साथै रियल लाइफमा पनि आफ्नो लभ-स्टोरीको कारण चर्चाको केन्द्रमा हुन्छन्। पछिल्लो समय कुनै न कुनै कारण गौरी खान(Gauri Khan) र शाहरुख खान लाइमलाइटमा आइराख्छन्। हालै शाहरुख खानको पुरानो अन्तर्वार्ता तीव्र गतिमा भाईरल भईरहेको छ। जुन अन्तर्वार्तामा शाहरुखले गौरी खानको बारेमा केही यस्ता भनेका छन्, जुन सुनेर सबैजना छक्क परेका छन्।

खासमा शाहरुख खानको जुन अन्तर्वार्ता भाइरल भईरहेको छ, त्यसमा उनी चर्चित अभिनेत्री फरीदा जलाल(Farida Jalal) सँग देखिएका छन्। जब फरीदा जलालले शाहरुखलाई सोध्छिन् कि यदि बिहान उठ्नेबित्तिकै गौरीले उनलाई ‘मलाई तिमी देखेर दिक्क लागिसक्यो, म जाँदै छु गुडबाई’ भनिन् भने के तपाई के गर्नुहुन्छ। फरीदा जलालको यो प्रश्न सुनेर शाहरुख सुरुमा हाँस्छन् अनि भन्छन् – ‘सर्वप्रथम त यस्तो हुँदैन हुन्न र यदि यस्तो भयो भने म आफ्नो कपडा च्यातेर सडक बीचमा उभिनेछु र गौरीको लागि गीत गाउनेछु – गोरी ओ बाकी छोरी।’ त्यसपछि शाहरुखले गौरी फर्किने विश्वास व्यक्त गरे।

पछिल्लो समय सामाजिक सञ्जालमा शाहरुख खानका थुप्रै किस्साहरु भाइरल भईरहेका छन्। तपाई यो सुनेर छक्क पर्नुहोला कि स्कुलमा शाहरुखका साथीहरु शाहरुखलाई ‘मेल गाडी’ भनेर बोलाउँथे किनकी उनी धेरै छिटो दौडन्थे। यति मात्र हैन स्कुलमा उनी धेरै बदमासी गर्थे। उनी प्राय: छारे रोग लागेको भन्दै मुर्छा परेर ढलेको नाटक गर्थे।  त्यसपछि उनका टिसर्चले उनलाई जुत्ता सुँघाउने गर्थे।

शाहरुख खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘पठान’ मा देखिनेछन्। जुन फिल्मको लागि उनले करौडौं रकमको पारिश्रमिक लिईसकेका छन्। यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम पनि देखिनेछन्। फिल्मलाई लिएर दर्शकहरुमाझ कौतुहलता छाईरहेको छ।

प्रकाशित : आइतबार, जेठ १६, २०७८१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुनेलीमा रातमा नुसरतको फोटोशूट, चन्द्रमा पनि लजाउँछे उनको मुस्कान देखेर